सर्वसाधारणको भान्सामा अखाद्य चामल

सर्वसाधारणको भान्सामा अखाद्य चामल पुगेपछि जनताको जनस्वास्थ्यमा यसले गम्भीर असर पु¥याउन सक्ने भनेर स्वास्थ्यविद् हरूले चिन्ता जाहेर गरिरहेका छन् । सरकारको आधिकारिक खाद्य संस्थानबाटै सो काम हुन गएपछि यसले गम्भीर बहस सिर्जना गरेको छ । विभिन्न किसिमका बाहना र नाटकीय शैली अपनाउँदै अन्ततः अखाद्य चामल जनताको चुलोचौकोमा पुगिसकेको छ । स्थानीय जनताले हामीले केही थाहा […] The post सर्वसाधारणको भान्सामा अखाद्य चामल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

अखाद्य वस्तु मिसावट भएको चामल खाँदै उपभोक्ता

जिल्ला प्रशासन कार्यालय नवलपुरको अगुवाइमा तीन हप्ताअघि असोज २३ गते जिल्लाका विभिन्न पसलको अनुगमन गरियो । समीक्षा इन्टरप्राइजेज कावासोतीमा अनुगमनपछि पवलपुत्र खाद्य उद्योग प्रालि वीरगन्जले उत्पादन गरेको एप्पल ब्रान्डको सोना मन्सुली चामलमा अखाद्य वस्तु मिसावट भएको भन्दै बिक्रीवितरणमा प्रतिबन्ध लगाइयो । प्रतिबन्धपछि समीक्षा इन्टरप्राइजेजमा रहेका पाँच सय ७७ बोरा चामल गोदाममै थन्किएका छन् । चामलमा अखाद्य वस्तुको मिसावट भएको हो/होइन अझै यकिन भइसकेको छैन । चामलको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँमा नमुना पठाएको २२ दिन भइसकेको छ । २२ दिनसम्म पनि परीक्षणको रिपोर्ट नआएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख नगेन्द्र पौडेलले बताउनुभयो ।

वाईसीएलले भन्यो : गुणस्तरहीन चामल आयातबारे डब्ल्यूएफपीले प्रष्ट्याउनु पर्छ

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट युवाहरुको संगठन वाईसीएल नेपालले गुणस्तरहीन चामल आयात सम्बन्धमा नेपालस्थित विश्व खाद्य कार्यालयसँग जावाफ माग गरेको छ । अनलाइनखबरमा बुधबार प्रकाशित ‘अखाद्य भनेर भन्सारले रोकेको डब्ल्यूएफपीको चामल ५ महिनापछि खानयोग्य’ समाचारले बालबालिकामा अखाद्य खाद्यान्न पुग्ने अवस्था सिर्जना भएको भन्दै वाईसीएलले चिन्ता व्यक्ति गरेको छ । नेपाल विश्व खाद्य […]

खानयोग्य भन्दै अन्ततः भित्रियो चामल

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपालमा अनुदानस्वरुप वितरण गर्न ल्याएको चामलले अन्ततः भन्सार ‘क्लियरेन्स’ पाएको छ । करिब आठ महिनाअघि यो चामल खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जले अखाद्य प्रमाणित गरेको थियो । त्यसपछि यसले भन्सार ‘क्लियरेन्स’ पाएको थिएन । चामल अखाद्य देखिएको भन्दै विवाद आएपछि केही दिनअघि चामल पुनः परीक्षणका लागि पठाइएको थियो । […]

अखाद्य प्रमाणित चामल दबाबमा फेरि परीक्षण हुँदै

खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले अखाद्य प्रमाणित गरेको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को चामल पुनः परीक्षणका लागि पठाइएको छ । डब्लूएफपीले नेपाललाई अनुदानस्वरुप वितरण गर्न गत माघमा नेपालगञ्ज भन्सारमा ५४ हजार किलो चामल ल्याएको थियो । गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा अखाद्य भेटिएपछि आठ महिनादेखि चामल भन्सार परिसरमा राखिएको छ । प्रमाणीकरण कार्यालयले अखाद्य प्रमाणित […]

‘अखाद्य चामल भन्सार पास हुँदैन’

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपालको पश्चिमी क्षेत्रमा अनुदानस्वरुप वितरण गर्न ल्याएको चामल अखाद्य फेला परेपछि नेपालगन्ज भन्सारले भन्सार पास नगर्ने भएको छ । विश्व खाद्यले इटालीबाट ल्याएको ५४ हजार किलो चामल नेपालगन्जमा परीक्षण गर्दा कुहिएको फेला परेको थियो । भन्सार कार्यालयले परीक्षणमा अखाद्य फेला परेकाले विश्व खाद्यको चामललाई भन्सार पास अर्थात् क्लियरेन्सको अनुमति नदिने […]

अखाद्य चामल फिर्ता नलगे नष्ट गरिने

विश्व खाद्य कार्यक्रमको ५४ हजार किलो चामल लिएर आएका तीन कन्टेनर र चालक नेपालगन्ज भन्सारमा अलपत्र छन् । विश्व खाद्यको मुख्यालय इटालीबाट ल्याएको चामल खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा आयात गर्न नपाइने गुणस्तरहीन अवस्थामा भेटिएपछि सीमानाका जमुनाहमा कन्टेनरसहित चालकहरू ५ सातादेखि भन्सारमै रोकिएका हुन् ।

डब्लूएफपीले बाँड्न ल्याएको ५४ हजार किलो चामल अखाद्य भेटियो

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपाललाई अनुदानस्वरुप दिन ल्याएको चामल खान अयोग्य (कुहिएको) फेला परेको छ । डब्लूएफपीले नेपालका विभिन्न जिल्लामा वितरण गर्ने उद्देश्यले इटालीबाट आयात गरी ल्याएको चामल कुहिएको फेला परेको हो । नेपालका विभिन्न जिल्लाका सर्वसाधारणलाई वितरण गर्न डब्लूएफपीले इटालीबाट ल्याएको चामल नेपालगन्ज भन्सार नाकामार्फत भित्र्याउने प्रक्रियामा थियो । त्यसैक्रममा भन्सार कार्यालयले गुणस्तर […]

नागरिक आवाजलाई बेवास्ता गर्दै  गौरादह नगरले  गाड्यो तीन हजार किलो चामल

झापाको गौरादह नगरपालिकाले करिब तीन हजार किलोग्राम चामल नगरपरिसरमा खाल्डो खनी गाडेको छ । बिग्रिएर अखाद्य बनेको उक्त चामल  दाल र भुजामध्ये करिब २ हजार केजी चामल केही हप्ताअघि कोरोनाको दोस्रो लहरमा राहत स्वरुप स्थानीय  गरिब तथा विपन्न वर्गलाई वितरण गरेको थियो ।

अखाद्य चामल वितरण गरी विवादमा गौरादह नगरपालिका

झापा । अखाद्य चामल वितरण गरी गौरादह नगरपालिका विवादास्पद बनेको छ ।  गरिब तथा विपन्न बर्गलाई कोरोनाको दोस्रो लहरमा राहतका नाममा अखाद्य चामल वितरण गरेर थप विवादास्पद बनेको हो  ।

अखाद्य चामल भन्सारमा अलपत्र

विश्व खाद्य कार्यक्रमको गुणस्तरहीन चामल बोकेका तीनवटा कन्टेनर विगत तीन महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमै रोकिएका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत विभिन्न विद्यालयका बालबालिकालाई दिवा खाजा खुवाउनका लागि विश्व खाद्य कार्यक्रमले ल्याएको सो चामल अखाद्य भएको पुष्टि भएपछि भन्सार कार्यालयले रोकेको हो।