डब्लूएफपीले बाँड्न ल्याएको ५४ हजार किलो चामल अखाद्य भेटियो

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपाललाई अनुदानस्वरुप दिन ल्याएको चामल खान अयोग्य (कुहिएको) फेला परेको छ । डब्लूएफपीले नेपालका विभिन्न जिल्लामा वितरण गर्ने उद्देश्यले इटालीबाट आयात गरी ल्याएको चामल कुहिएको फेला परेको हो । नेपालका विभिन्न जिल्लाका सर्वसाधारणलाई वितरण गर्न डब्लूएफपीले इटालीबाट ल्याएको चामल नेपालगन्ज भन्सार नाकामार्फत भित्र्याउने प्रक्रियामा थियो । त्यसैक्रममा भन्सार कार्यालयले गुणस्तर […]

सम्बन्धित सामग्री

खानयोग्य भन्दै अन्ततः भित्रियो चामल

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपालमा अनुदानस्वरुप वितरण गर्न ल्याएको चामलले अन्ततः भन्सार ‘क्लियरेन्स’ पाएको छ । करिब आठ महिनाअघि यो चामल खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जले अखाद्य प्रमाणित गरेको थियो । त्यसपछि यसले भन्सार ‘क्लियरेन्स’ पाएको थिएन । चामल अखाद्य देखिएको भन्दै विवाद आएपछि केही दिनअघि चामल पुनः परीक्षणका लागि पठाइएको थियो । […]

अखाद्य प्रमाणित चामल दबाबमा फेरि परीक्षण हुँदै

खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले अखाद्य प्रमाणित गरेको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को चामल पुनः परीक्षणका लागि पठाइएको छ । डब्लूएफपीले नेपाललाई अनुदानस्वरुप वितरण गर्न गत माघमा नेपालगञ्ज भन्सारमा ५४ हजार किलो चामल ल्याएको थियो । गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा अखाद्य भेटिएपछि आठ महिनादेखि चामल भन्सार परिसरमा राखिएको छ । प्रमाणीकरण कार्यालयले अखाद्य प्रमाणित […]

‘अखाद्य चामल भन्सार पास हुँदैन’

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपालको पश्चिमी क्षेत्रमा अनुदानस्वरुप वितरण गर्न ल्याएको चामल अखाद्य फेला परेपछि नेपालगन्ज भन्सारले भन्सार पास नगर्ने भएको छ । विश्व खाद्यले इटालीबाट ल्याएको ५४ हजार किलो चामल नेपालगन्जमा परीक्षण गर्दा कुहिएको फेला परेको थियो । भन्सार कार्यालयले परीक्षणमा अखाद्य फेला परेकाले विश्व खाद्यको चामललाई भन्सार पास अर्थात् क्लियरेन्सको अनुमति नदिने […]

अखाद्य चामल फिर्ता नलगे नष्ट गरिने

विश्व खाद्य कार्यक्रमको ५४ हजार किलो चामल लिएर आएका तीन कन्टेनर र चालक नेपालगन्ज भन्सारमा अलपत्र छन् । विश्व खाद्यको मुख्यालय इटालीबाट ल्याएको चामल खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा आयात गर्न नपाइने गुणस्तरहीन अवस्थामा भेटिएपछि सीमानाका जमुनाहमा कन्टेनरसहित चालकहरू ५ सातादेखि भन्सारमै रोकिएका हुन् ।

दिवा खाजा खुवाउन ल्याइएको ५४ हजार किलो चामल अखाद्य

कर्णाली र सुदूरपश्चिमका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउन विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले ल्याएको ५४ हजार किलो चामल गुणस्तरहीन फेला परेको छ । परीक्षण गर्दा चामल कुहिएको भेटिएपछि नेपालगन्ज भन्सार कार्यालयले रोकिदिएको छ ।

म्याद नाघेका वस्तु नष्ट

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बजार अनुगमनको क्रममा कैफियत भेटिएका खाद्य वस्तु नष्ट गरेको छ । गाउँपालिकाले वडा नं १ देखि ८ सम्मका २१२ पसल अनुगमन गर्दा म्याद नाघेको भेटिएका ६ लाख ५७ हजार रुपैयाँ बराबरको वस्तु नष्ट गरेको हो । अनुगमनको क्रममा म्याद नाघेको अखाद्य  ठहरिएका वस्तु जफत गरी नष्ट गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए । पछिल्लो समय गाउँपालिकाले उपाध्यक्ष सुनिता अधिकारीको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर अनुगमनलाई तीव्रता दिएको छ । सो क्रममा ३ लाख ३० हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको पेयपदार्थ, चकलेट, चिजबल, मिठाई, चाउचाउ लगायत वस्तु नष्ट गरिएको अनुगमन समितिका सदस्य सचिव अनिल पाण्डेले बताए । उनका अनुसार २ लाख ३६ हजार बराबरको तेल, चिउरा, चामल लगायत सामग्री नष्ट गरिएको छ । ‘सबै गरी ६ लाख ५७ हजार रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरेका छौं,’ उनले भने । अन्य स्थानीय तहले चार्डपर्वको बेलामा मात्र बजार अनुगमन गर्दै आएका छन् । चाडपर्वबाहेकका समयमा गरिने अनुगमन प्रभावकारी हुने गाउँपालिकाको भनाइ छ । गाउँपालिकाले गरिरहेको अनुगमनमा व्यवसायीले सघाएका छन् । उपभोग्य मिति नहेरी सामग्री उपभोग गर्ने सर्वसाधारणलाई अनुगमनबाट सचेत गराइएको स्थानीय व्यवसायी विकास श्रेष्ठले बताए । यसअघि गाउँपालिकाले अखाद्य वस्तु नभित्रियोस् भन्ने उद्देश्यले सीमा नाका खाल्डे खोलामा जाँच गर्दै आएको छ । गाउँपालिका अध्यक्ष लामाले उपभोक्ताले मिति हेरर मात्र सामान किन्नुपर्ने बताए । गाउँपालिकाले २०७९ असोज ५ देखि २ जना कर्मचारी तथा बजार निरीक्षक राखेर अनुगमनको आधार बनाएको छ । ती कर्मचारीले गाउँपालिकाको सूचना केन्द्र खाल्डे खोलाबाट दैनिक पाँचपोखरी थाङ्पाल गाउँपालिकाभित्र व्यापारीहरूले ल्याएको खाद्य सामग्रीको उपभोग्य मिति चेकजाँच गरी तथ्यांक राख्ने काम गरिरहेका छन् ।

अखाद्य चामल भन्सारमा अलपत्र

विश्व खाद्य कार्यक्रमको गुणस्तरहीन चामल बोकेका तीनवटा कन्टेनर विगत तीन महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमै रोकिएका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत विभिन्न विद्यालयका बालबालिकालाई दिवा खाजा खुवाउनका लागि विश्व खाद्य कार्यक्रमले ल्याएको सो चामल अखाद्य भएको पुष्टि भएपछि भन्सार कार्यालयले रोकेको हो।