नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचन कार्यक्रम स्थगित भएको छ । लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन एकै समय पर्ने भएपछि केन्द्रीय निर्वाचन समितिको निर्देशनमा स्थगित गर्नुपरेको जिल्ला निर्वाचन अधिकृत रेवतीरमण भट्टराईले बताए ।