गुल्मी : नेपाली कांग्रेस गुल्मीको ८ औँ जिल्ला अधिवेशनमा फर्जी मतपत्र प्रयोग गरेको भन्दै निर्वाचन स्थगित गर्न माग गरिएको छ।जिल्ला सभापतिका उमेदवार वेदबहादुर थापाले अर्का उम्मेदवार खिलध्वज पन्थीले फर्जी मतपत्र प्रयोग गरेको र चुनावलाई प्रभाव पार्ने गरी विधि, विधान र निर्देशिका विपरीत कार्य गरेको भन्दै निर्वाचन स्थगित गर्नुको विकल्प नभएको बताएका छन्।थापाले आइतबार बिहान तम्घासको एभरग्रिन होटलमा पत्रकार सम्मेलन आयोजना गरी सत्य, तथ्य छानबिन नभएसम्म निर्वाचन प्रक्रिया अगाडि बढ्न नदिने बताए। उन