काठमाण्डाै – नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीहरूमा अप्रत्यासित रूपमा मूल्य बढेकाे भन्दै मूल्य वृद्धि निर्देशिका भाग–२ ल्याउन माग गरेको छ ।
आज बिहीवार महासङ्घले ताहाचलमा रहेकाे सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना गर्दै मूल्य वृद्धि निर्देशिका भाग–२ ल्याउन माग गरेको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको अप्रत्यासित रूपमा मूल्य वृद्धि हुँदा निर्माणको काम अगाडि बढाउन नसकिएको बताउनुभयो । उहाँले निर्माणको काम अगाडि बढाउनक...