‘निर्माण सामग्रीमा अत्यधिक मूल्य वृद्धि’

नेपाल निर्माण व्यवसायी महासङ्घले कोभिड–१९ को महामारीबीच निर्माण कार्य सुरु हुने समयको गलत फाइदा उठाउँदै निर्माण सामग्रीमा एकतर्फी रूपमा कार्टेलिङ गरी अत्यधिक रूपले मूल्य वृद्धि गरिएको जनाएको छ । फलामजन्य निर्माण सामग्री विभिन्न साइजका डन्डी, पाता, पत्ती, जीआई तार, ग्याबिन तार उत्पादक कम्पनीहरूले र नदीजन्य निर्माण सामग्री ढुङ्गा, बालुवा, गिट्टीमा विभिन्न व्यवसायीले अत्यधिक मूल्य वृद्धि गरेको महासङ्घले जनाएको छ । फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीले डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपातभन्दा

सम्बन्धित सामग्री

चाडपर्वको मुखमा उपभोक्ता महँगीको मारमा

डडेल्धुरा । चाडपर्वको मौका छोपेर उपभोग्य वस्तुको अत्यधिक मूल्य वृद्धि हुँदा पनि कसैको ध्यान नगएकोप्रति डडेल्धुराका उपभोक्ताले गुनासो गरेका छन् । दीपावलीको पूर्वसन्ध्यामा बजारमा दैनिक उपभोग्य वस्तुहरु तथा दीपावलीका सामग्रीहरुमा विगतका वर्ष भन्दा २० प्रतिशतले बढेको स्थानीय बताएका हुन् । चुनावको मुखमा बजार भाउ बढिरहँदा पनि स्थानीय प्रशासन, स्थानीय निकाय तथा केन्दीय सरकार कसैले पनि […]

इन्धनको कर कटौती गरेर मूल्य समायोेजन

सरकारले इन्धनमा लाग्दै आएको कर कटौती गरी मूल्य घटाएको छ । इन्धनमा अत्यधिक मूल्य वृद्धि हुँदा नागरिकको दैनिक जीवन निर्वाहमा परेको असरलाई मध्यनजर गर्दै सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ प्रतिलिटर कर कटौती गर्ने निर्णय गरेको हो ।यो निर्णयसँगै शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ प्रतिलिटर […]

इन्धनको मूल्यवृद्धिपछि वीरगंजमा ढुवानी सेवा बन्द

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगंजका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन्। ढुवानी व्यवसायी संघ वीरगंजका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन्। पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका…

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको  वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन् । पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा बन्द गरिएको सङ्घका उपाध्यक्ष प्रविनकुमार कर्णले जानकारी दिनुभयो । वीरगञ्जबाट दैनिक कम्तीमा

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगन्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगन्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन् । पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका […]

मूल्य वृद्धि छिटोभन्दा छिटो नियन्त्रण हुनुपर्छः रोशन दाहाल

अहिले इन्धनको मूल्य वृद्धि हुँदा निर्माण क्षेत्रका साथै अन्य क्षेत्रमा पनि उत्तिकै मर्का परेको छ । इन्धनको मूल्य वृद्धिमा सरकार नै लागिपरेको छ । यसले गर्दा फलामजन्य निर्माण सामग्रीको मूल्य उच्च हुँदै आएकाले निर्माण क्षेत्र नै अस्तव्यस्त बन्न पुगेको छ । राज्यले एउटा दररेटमा काम गर्न भनेको छ । सोहीअनुसार कामको जिम्मा निर्माण व्यवसायीले लिएका पनि छन् । तर, राज्यले अहिले विभिन्न चरणमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दै आएको छ । त्यसकारण निर्माण क्षेत्रमा अत्यधिक मूल्य वृद्धि भएको छ । यसरी भएको मूल्य वृद्धिलाई सरकारले छिटोभन्दा छिटो नियन्त्रण गरिदिनुपर्छ ।  मूल्य वृद्धिका कारण निर्माण व्यवसायीलाई परेको अतिरिक्त व्ययभारलाई सरकारले सम्बोधन गर्नुपर्छ । त्यसो नभए राज्यले केही समय ‘कन्स्ट्रक्सन होली डे’ लागू गरिदिनुपर्छ । शुक्रवारदेखि हुने साधारणसभामा पनि यो विषय उठाइनेछ । हामीले लामो समयदेखि उठाउँदै आएको विषय– एउटै निर्माण व्यवसायीले धेरैभन्दा धेरै ठेक्का लिएको अवस्थामा अहिले आएर सीमा तोकिएको छ । यो सकारात्मक पक्ष हो । धेरै काम ओगटेर राख्ने, काम समयमै सम्पन्न नहुने र अत्यधिक ‘लो बिड’मा गएर ठेक्का लिने परम्परा पनि छ । अहिले सरकारले एकपटकमा पाँचओटा प्याकेज (ठेक्का) लिन मात्र पाउने व्यवस्था गरेको छ । सँगसँगै क्रेडिट लाइनको रूपमा बैंकहरूमा विनाकामै निर्माण व्यवसायीले रकम राख्नुपरेको छ । यसलाई खारेज गर्नुपर्छ । सार्वजनिक खरिद ऐन र नियमावलीलाई समयसापेक्ष परिवर्तन गरिनुपर्छ । समयमै काम सम्पन्न नहुने, भएका कामहरू गुणस्तरीय नहुने जस्ता समस्या समाधान गर्न संशोधन भएको सार्वजनिक खरिद नियमावली छिटो कार्यान्यवनमा आउनुपर्छ । यो नियमावली आएर कार्यान्वयन हुँदा भौतिक पूर्वाधार निर्माणमा अग्रगामी छलाङ नै हुन्छ । अर्को निर्माण व्यवसायीहरूको धरौटी रकम पनि राज्यले फुकुवा गरिदिनुपर्छ । हामीले ठेक्का लिएर काम गर्दा आफ्नै बिलबाट ५ प्रतिशत धरौटी कट्टा हुन्छ । त्यही धरौटी अहिले बैंकमा छ । बैंकहरूमा रहेको धरौटी निर्माण व्यवसायीलाई दिनुपर्छ भनिएको छ । धरौटी रकम फिर्ता गर्दा बजारमा जाने भएकाले तरलता अभाव सहज बनाउन टेवा पुग्छ । साथै निर्माण सामग्री खरिद गर्न, श्रमिकलाई पारिश्रमिक दिन व्यवसायीसँग रकम नभएको अवस्थामा पनि केही मात्रा राहत मिल्छ ।  बजारलाई चलायमान बनाउन र रकम अभावकै कारण अघि बढाउन नसकिएका प्याकेजमा निर्माण अघि बढाउन सकिन्छ । यो रकम विशुद्ध निर्माण व्यवसायीको हो । यो धरौटी रकम १ वर्षपछि त फिर्ता हुन्छ नै । यद्यपि त्यसअघि नै व्यवसायीले बैंक ग्यारेन्टी दिने र सोही आधारमा धरौटी रकम फिर्ता हुने व्यवस्था गरिँदा रोकिएका काम समयमै सम्पन्न गर्न सकिन्छ । अहिले प्रत्येक रनिङ बिलहरूबाट ५ प्रतिशत धरौटी कट्टा गरिन्छ । त्यो रकम अहिले करिब ३० अर्ब जति छ ।

घिउ, तेलमा २८ प्रतिशत मूल्य वृद्धि !

काठमाण्डाै – पोहोरको तुलनामा यो वर्षको वैशाखमा घिउ, तेलमा अत्यधिक मूल्य वृद्धि भएको छ । एक वर्षमा घिउ, तेलको मूल्यमा २८ दशमलव २० प्रतिशतले मूल्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै पेय पदार्थको मूल्य १७ दशमलव १२ प्रतिशतले बढेको छ । समग्रमा पोहोरको तुलनामा अहिले तीन दशमलव ६५ प्रतिशत मूल्य वृद्धि रहेको छ । समीक्षा अवधिमा काठमाण्डाै उपत्यकामा ३ दशमलव ६२ प्रतिशत, तराईमा ३ दशमलव ५१ प्रतिशत, पहाडमा ४ दशमलव १४ प्रतिशत र हिमालमा १ दशमलव ३३ प्रतिशत मुद्रास्फीति रहेको छ ।

उपभोग्य समग्रीको अस्वभाविक मूल्य वृद्धि

दोलखामा दैनिक उपभोग्य वस्तुको अभाव र केही औषधीको अभाव देखिएको छ । दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्य वृद्धि भएको गुनासो आएपछि बिहीबार गरेको चरिकोट बजारमा अनुगमनका क्रममा यस्तो देखिएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालय दोलखाले चरिकोट बजारका दैनिक उपभोग्य वस्तु तथा औषधी पसलहरुको अनुगमन गरेको हो । […]

नेपालगञ्जमा कुखुराको मासुमा चर्काे मूल्यवृद्धि : किलोको ४५० रुपियाँसम्म

बन्दाबन्दीको बहानामा नेपालगञ्जमा खाद्यान्न, मासुलगायत अत्यावश्यक वस्तुहरूमा समेत अत्यधिक मूल्य वृद्धि गरिएको छ ।  सरकारले कालोबजारी र मूल्य वृद्धि नगर्न कडा निर्देशन जारी गरेपनि स्थानीय व्यवसायीले भने मनपरी मूल्य असुल गरिरहेको पाईएको छ । सबैभन्दा बढी मूल्यवृद्धि कुखुरा र खसीको मासुमा गरिएको स्थानीयले गुनासो गरेका छन् । एक महिना पहिलेसम्म ३०० रुपियाँ किलोमा पाइने कुखुराको मासुमा अत्यधिक मूल्य वृद्धि गरेर अहिले ४०० देखि ४५० रुपियाँ किलोसम्म बिक्री गरिरहेको नेपालगञ्ज ११ का समद सिद्दिकीले गुनासो गर्नुभयो ।

हिमाली क्षेत्रमा मूल्यवृद्धि बढी

काठमाडौं । हिमाली क्षेत्रमा अत्यधिक मूल्य वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू