काठमाडौं। निषेधाज्ञाको समयमा निर्माण सामाग्रीको मूल्य वृद्धि भएको छ। निर्माण सामाग्री उत्पादन गर्ने उद्योगीले निषेधाज्ञाको मौका छोप्दै मूल्य बढाएका हुन्। अहिले फलामे डण्डी र सिमेन्टको भाउ उकालो लागिरहेको निर्माण व्यवसायी महासंघले बताएको छ। यसअघि प्रतिकिलो ८५ रुपैयाँसम्म पाइने डण्डी निषेधाज्ञापछि एक सयभन्दा माथि पुगेको महासंघले जानकारी दिएको छ।