निर्माण व्यवसायीलाई मन्त्री झाँक्रीको जवाफः 'मूल्य वृद्धि हाम्रो नियन्त्रणमा छैन, होली डे को कुरा नगरौ'

फागुन २७, काठमाडौं । व्यवसायीहरूले मूल्य वृद्धिका कारण 'निर्माण होली डे'को अवस्था आएको बताएपछि शहरी विकास मन्त्री राम कुमारी झाँक्रीले केही कुरामा सम्झौता गरेर जान व्यवसायीलाई आग्रह गरेकी छिन् । निर्माण व्यवसायीको १२ औं अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले मूल्यवृद्धि सरकारको नियन्त्रणमा नरहेकोले भन्दै नियन्त्रण भन्दा बाहिरका माग राखेर होली डे मनाउने कुरा गर्न नहुने बताएकी हुन् । ‘हामीसँग असमित समय छैन । त्यसकारणले आज शुरु भएको आयोजना समयमै सक्ने हुनुपर्यो । मूल्यवृद्धिप्रति हामी संवेदनसिल छौं तर हाम्रो नियन्त्रणमा छैन ।’ झाँक्रीले भनिन्, ‘त्यसकारणले व्यवसायीले कन्स्ट्रक्सन होली डे होइन, कुनै न कुनै कुरामा कम्प्रोमाइज गरेर समयमा काम सम्पन्न गर्ने कुराको प्रतिबद्धता गर्नुपर्छ ।’ अन्तरराष्ट्रिय कारणले आइपरेका समस्या व्यवसायीले बुझ्नुपर्ने मन्त्री झाँक्रीको भनाई थियो । सामुहिक हिसाबले काम गर्नका लागि धरौटी परिचालन लगायतमा संशोधन गरिएको भन्दै केही कुरामा सम्झौता गर्नपनि मन्त्री झाक्रीले व्यवसायीहरूलाई आग्रह गरिन् । खरीद ऐनको ११औं संशोधनले निर्माण व्यवसायी उत्साहित, सरकारले सार्वजनिक खरीद नियमावलीको ११औं संशोधन गरेपछि निर्माण व्यवसायी उत्साहित देखिएका छन् । निर्माण व्यवसायीको १२ औं अधिवेसनको पूर्वसन्ध्यामा सरकारले खरीद नियमावलीको ११ औं संशोधन गरेर ठूलो उपहार दिएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । ‘सार्वजनिक खरीद नियमावली हिजोको मन्त्रीपरिषदको बैठकले ११ औं संशोधन गरेको खबरबाट हामी खुसी छौं’ अध्यक्ष सिंहले खुसी हुँदै भने, ‘११औं संशोधनले निर्माण क्षेत्रमा रहेको विकृति हटाउने छ।’ यसअघि बिहीवार बसेको मन्त्रीपरिषदको बैठकले सार्वजनिक खरीद नियमावलीको ११औं संशोधन गर्दै ३ अर्ब रुपैयाँसम्म लागत पर्ने ठेक्का नेपाली निर्माण व्यवसायीले नै लिन पाउने व्यवस्था गरेको थियो ।  यसअघि १ अर्ब रुपैयाँ लागतसम्मका ठेक्का मात्रै नेपाली निर्माण व्यवसायीले पाउने व्यवस्था रहेको थियो । सो भन्दा माथिका ठेक्का विदेशी कम्पनीसँग जोइन्ट भेन्चरमा मात्रै गर्न पाउने व्यवस्था रहेको थियो । निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डले नियमावलीको ११औं संशोधनबाट निर्माण व्यवसायीमा खुसी छाएको बताए । ‘कोभिडको कारणले निर्माण उद्योग अहिले कोमामा पुगेको छ’ पाण्डेले भने, ‘हिजो सरकारले ११औं संशोधन गरेपछि हामी उत्साहित छौं ।’ मूल्यवृद्धिले कन्स्ट्रक्सनमा होली डे को स्थिति यसैबीच निर्माण व्यवसायीले आफूहरुको व्यवसाय मूल्य वृद्धिको मारमा परेको गुनासो गरेका छन् । अध्यक्ष सिंहले पछिल्लो समय डिजेलको मूल्य ६० प्रतिशतले र फलामको मूल्य सतप्रतिशतले बढेको भन्दै त्यसको मारमा निर्माण व्यवसायी परेको गुनासो गरे ।  ‘निर्माण क्षेत्र चर्को मूल्यवृद्धिको मारमा परेको छ’ उनले भने, ‘इन्धनको मूल्य ६० प्रतिशतले बढेको छ । फलामको मूल्य सतप्रतिशत बढेको छ भने बिटुमिनको मूल्य ५७ रुपैयाँ प्रतिकिलोबाट ११५ रुपैयाँ पुगेको छ।’  मूल्य वृद्धि निरन्तर भएमा विकास निर्माणका काम गर्न नसकिने अध्यक्ष सिंहको भनाई छ । ‘मूल्य वृद्धिले विकास निर्माणका काम गर्न नसक्ने स्थिति आएको छ ।’ सिंहले भने, ‘यसले कन्स्ट्रक्सन होली डे मनाउने स्थिति आउन सक्छ ।’  महासंघका बरिष्ठ उपाध्यक्ष पाण्डले इन्धनमा भएको मूल्यवृििद्धले निर्माण व्यवसायी प्रताडित बनेको गुनासो गरे । ‘इन्धनको मूल्य वृद्धिले निर्माण व्यवसाय प्रताडित बनेको छ । यसले आयोजनाको लागत बढ्ने निश्चित छ  ।’ पाण्डले भने, ‘मूल्य वृद्धिले थेगी नसक्ने अवस्था आएको छ ।’

सम्बन्धित सामग्री

दूधको मूल्य वृद्धि फिर्ता

काठमाडौं, पुस २०। डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् । मङ्गलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव डा दीपक खरालको उपस्थितिमा डेरी उद्योगीसँग भएको छलफलपछि उद्योगीहरू मूल्य वृद्धि फिर्ता गर्न सहमत भएका हुन् । डेरी उद्योग सङ्घमा आबद्ध केही डेरी उद्योगीले पुस १६ गतेदेखि लागू हुनेगरी दूधको खुद्रा मूल्य वृद्धि गरेका थिए […]

भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनुपरेको अधिकारीहरूले जनाएका छन् ।पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ ।पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिला भन्दा प्रति लिटरमा ७.२० प्रतिशत मूल्य बढी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रति लिटर पेट्रोलको मूल्य १०७.६१ भारतीय रुपैयाँ पुगेको छ ।

भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ । पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिला भन्दा […]

भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनुपरेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो समय आज शनिवार प्रतिलिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ । पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिलाभन्दा प्रतिलिटरमा ७ दशमलव २० प्रतिशत मूल्य बढी भएको अधिकारीहरूले जानकारी दिएका छन् । राजधानी नयाँ दिल्लीमा अहिले प्रतिलिटर पेट्रोलको मूल्य १०७.६१ भारतीय रुपैयाँ पुगेको छ । त्यसैगरी डिजलको म...

कास्कीमा दूधको मूल्य वृद्धि

कास्की दूध व्यवसाय सङ्घ कास्कीको आज बसेको बैठकले दूध तथा दुग्ध पदार्थमा मूल्य वृद्धि गरेको छ । किसानको व्यावसायिक उत्पादनमा लागत मूल्य बढ्न गएका कारण मूल्य वृद्धि गर्नुपरेको जनाइएको छ । सङ्घले प्रेस विज्ञप्ति प्रकाशित जारी गरी नेपाल सरकारले २०७८ माघ १७ गते दूधमा गरेको मूल्य वृद्धिलाई पनि मध्यनजर राख्दै यही मिति २०७८ फागुन ०५ देखि लागू हुने गरी बढेको जनाएको छ । सङ्घका अध्यक्ष वीरेन्द्र भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दूध तथा दुग्ध पदार्थको मूल्यमा ७०% किसानलाई र ३०% व्यवसायीलाई रहने गरी दूधको मूल्य वृद्धि भएको निर्णय गरिएको उ...

दूधको मूल्य वृद्धि गर्ने तयारीमा सरकार

काठमाडौँ । पछिल्लो समय सबै खाद्य बस्तुको मूल्य वृद्धि भएसँगै सरकारले दूधको पनि मूल्य वृद्धि गर्ने तयारी गरेको छ । दूग्ध विकास बोर्डले केन्द्रीय दुग्ध उत्पादक सहकारी र निजी क्षेत्रको प्रस्ताव अनुसार नै दूधको मूल्य वृद्धि गर्न लागेको हो । दूग्ध विकास संस्थानका महाप्रबन्धक रुद्धप्रसाद पौडेलले दूधको मूल्य वृद्धिका लागि छलफल भएको बताए । पौडेलले […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको जानकारी दिएको हो । निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको हो । जसअनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३३, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११६ पुगेको छ भने खाना पकाउने ग्यासको प्रतिसिलिण्डर ५० रुपैयाँ मूल्य वृद्धि भएको छ । योसँगै खाना पकाउने

मूल्य वृद्धि नियन्त्रण गर्न अनेरास्ववियूको माग

काठमाडौं : विद्यार्थी संगठन अनेरास्ववियूले दशैं, तिहार, छठलगायत चाडपर्व नजिकिँदै गर्दा अति आवश्यक सामग्रीमा मूल्य वृद्धि र कालोबजारी हुन नदिन तथा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।अनेरास्ववियूले मंगलबार एक विज्ञप्ति जारी गरी सर्वसाधारणले दैनिक उपभोग गर्ने सामग्रीमा मूल्य वृद्धि अहिले नै भइसकेकाले नियन्त्रण गर्न र घटाउन माग गरेको हो।यातायातमा विद्यार्थीले पाउँदै आएको ४५ प्रतिशत छुट कार्यान्वयन गर्नसमेत माग गरेको छ।'खाने तेल, खाद्यान्न र इन्धनमा भएको मूल्य वृद्धि निय

साउनमा ४ दशमलव ३५ प्रतिशत मूल्य वृद्धि

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा चार दशमलव ३५ प्रतिशत मूल्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गएको आर्थिक वर्षको पहिलो महिनामा तीन दशमलव ४० प्रतिशत मूल्य वृद्धि भएकोमा यो साउनमा चार दशमलव ३५ प्रतिशत मूल्य वृद्धि भएको छ । गैरखाद्य पदार्थमा पोहोरको तुलनामा दोब्बर मूल्य वृद्धि भएको छ । यस्तै साउनमा तलब तथा ज्यालादर सूचकाङ्क ५ दशमलव शून्य ५ प्रतिशतले बढेको छ । २०७७ सालकाे साउनको तुलनामा गएको साउनमा तलब सूचकाङ्क नौ दशमलव ४४ प्रतिशत र र ज्यालादर सूचकाङ्क ३ दशमलव ८० प्र...

घिउ, तेलमा २८ प्रतिशत मूल्य वृद्धि !

काठमाण्डाै – पोहोरको तुलनामा यो वर्षको वैशाखमा घिउ, तेलमा अत्यधिक मूल्य वृद्धि भएको छ । एक वर्षमा घिउ, तेलको मूल्यमा २८ दशमलव २० प्रतिशतले मूल्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै पेय पदार्थको मूल्य १७ दशमलव १२ प्रतिशतले बढेको छ । समग्रमा पोहोरको तुलनामा अहिले तीन दशमलव ६५ प्रतिशत मूल्य वृद्धि रहेको छ । समीक्षा अवधिमा काठमाण्डाै उपत्यकामा ३ दशमलव ६२ प्रतिशत, तराईमा ३ दशमलव ५१ प्रतिशत, पहाडमा ४ दशमलव १४ प्रतिशत र हिमालमा १ दशमलव ३३ प्रतिशत मुद्रास्फीति रहेको छ ।