नेपाल निर्माण व्यवसायी महासंघले पेट्रोलियम पदार्थ लगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धि समायोजन नगरिए निर्माण कार्य बन्द (होलिडे) गर्ने चेतावनी दिएको छ । निर्माणमा प्रयोग हुने बिटुमिन, नदीजन्य समाग्री, सिमेन्ट, फलाम, छड, पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टितेल) लगायतमा अप्रत्यासित मूल्य वृद्धि भएकाले सोअनुसारको लागत समायोजन गर्नुपर्ने माग महासंघको छ ।