काठमाण्डौ - आउँदो चुनावमा गठबन्धन गर्ने निर्णय गरेको सत्ता गठबन्धनलाई सिट बाँडफाँट गर्न मुस्किल हुने देखिएको छ ।
गठबन्धनले बनाएको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको टुङ्गो लगाउन नसकेपछि आज शीर्ष नेताहरु बैठक बसेको थियो । तर शीर्ष नेताहरुको बैठक पनि बिना निष्कर्ष टुङ्गिएको छ ।
बैठकमा सामान्य छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको एक नेताले जानकारी दिए । अब कार्यदलको बैठकमै थप पहल गर्ने र शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको छ । शीर्ष नेताको बैठकले अघिल्लो संसदीय चुनाव र गएको वैशाखमा भएको पालिका चुनावको ज...