काठमाण्डाै – सत्ता गठबन्धन अन्तर्गतको सिट बाँडफाँट कार्यदलको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको माओवादी केन्द्रका नेता तथा कार्यदलका सदस्य वर्षमान पुनले उज्यालोलाई जानकारी दिनुभयो ।
आउँदो मङ्सिरमा हुने आम चुनावकाे सिट बाँडफाँटका लागि गठबन्धनले कार्यदल बनाएको छ । कार्यदलले साउनभित्रै बाँडफाँटको काम सक्ने तयारी गरेको छ । कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ । त्यस्तै माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत सम...