अन्डाको माग बढेसँगै बजारमा मूल्यमा एकरूपता हुन छाडेको छ । पसलैपिच्छे अन्डाको मूल्य फरक हुँदा उपभोक्ता मारमा परेका छन् ।
“अहिले बजारमा एउटा अन्डा २० रुपियाँसम्ममा कारोबार भएको छ,” भरतपुरकी एक गृहिणीले भन्नुभयो, “त्यही अन्डा कतै १५/१६ रुपियाँमा पनि खरिद गर्न पाइन्छ । ” नेपाल अन्डा उत्पादक सङ्घले अन्डाको मूल्य निर्धारण गर्छ । चितवनको बजारमा सङ्घले अहिले ठूलो अन्डा क्रेटको ३९० रूपियाँ र मध्यम अन्डाको मूल्य क्रेटको ३६० रुपियाँ कायम गरेको छ ।