मासिक १० करोड रुपैयाँभन्दा बढीको पानीको कारोबार हुने नेपालगन्जमा उपभोक्ता नराम्रोसँग ठगिँदै आएको खुलेको छ । पानी उद्योगहरूले उत्पादन गरी प्रतिबोतल १० रुपैयाँका दरले बिक्रेतालाई उपलब्ध गराउँदै आएको पानी उपभोक्ताले २० देखि ३० रुपैयाँसम्म खरिद गर्ने गरेका छन् ।