दरबारमार्गलगायतका अन्य क्षेत्रमा मुख्य गरी कपडा र इलेक्ट्रोनिक्सको कारोबारमा सरकार र उपभोक्ता सँगसँगै ठगिँदै आएका छन् । सोमबार आपूर्तिमन्त्री शिवकुमार मण्डलले दरबारमार्गका पसलमा सिलबन्दी गर्दा उपभोक्ता ठगीको विषय मात्रै देखिए पनि सँगै मुलुकको राजस्वमा पनि धक्का पुगिरहेको छ ।