काठमाडौं : चाडपर्वका बेला उपभोक्ता ठगिने विषय नौलो भने होइन। अन्य समयमा उपभोक्ता ठगिए पनि चाडपर्वको सिजनमा व्यापारीको राज चल्छ।यद्यपि‚ सरोकारवाला निकायले ध्यान दिएका छैनन्। बजार अनुगमन भए पनि फितलो हुने गरेको उपभोक्ताले गुनासो गर्न थालेका छन्।एकातिर यो वर्षको दशैँ नजिकिँदै छ भने अर्कातिर उपभोक्ता ठगिँदै छन्। तर, न स्थानीय तहले बजार अनुगमन गरेको देखिन्छ न जिल्ला प्रशासनबाट नै कसैले चासो लिएको छ। उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष सुवर्ण प्रभा गुरागाईंल