पर्वत : विश्वकै दोस्रो लामो दाबी गरिएको पर्वतमा निर्माणाधीन जिपलाइन आगामी दशैंसम्म सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ।सात जना युवाको करिब १३ करोड रुपैयाँ लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रा.लि.का निर्देशक राजकुमार बस्नेतले बताए। उनले दशैंसम्म सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको बताए।‘अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेको छ। तर त्योभन्दा पहिले नै जिपलाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। जिपलाईन र हाइड्रोलिक पिङको काम अन्तिमतिर आइपुगेको छ,&rs