बङ्लादेशका विद्यालयहरू पुनः सञ्चालन गर्ने तयारी

बङ्लादेशका विद्यालयहरू पूनः सञ्चालन गर्ने तयारी भएको छ । प्रधानमन्त्री शेख हसिनाले कोरोनाभाइरसको महामारी कम हुदै गएकाले विद्यालयहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिइन् । उनका अनुसार यही फेब्रुअरीको अन्त्यदेखि देशभरीका सबै शैक्षिक संस्थाहरू सञ्चालन गर्ने तयारी भएको हो । भौतिक रूपमा उपस्थित भएर अध्ययन गर्न नपाउँदा विद्यार्थीहरूले दिक्क मानेको, साथी तथा शिक्षकशिक्षिकालाई भेट्न खोजेको, कक्षाकोठा तथा विद्यालयमा रमाउन चाहेको पनि उनले बताइन् । प्रधानमन्त्री हसिनाले देशभरी खोप लगाएका विद्यार्थीहरूको सङ्ख्या, विद्यालयहरूको ...

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठान धरानमा बर्न अस्पताल पुनः सञ्चालन हुँदै

सञ्चालन भएर बन्द भएको अस्पताललाई पुनः सञ्चालन गर्ने तयारी भएको बिपीका सहप्रवक्ता डा अभिजित कुमारले जानकारी दिए। जलेका बिरामीलाई उपचारका लागि छुट्टै सेन्टर सञ्चालनको तयारी अन्तिम चरणमा पुर्‍याएको उनले जानकारी दिए।

बीपी प्रतिष्ठान धरानमा बर्न अस्पताल पुनः सञ्चालन हुँदै

सञ्चालन भएर बन्द भएको अस्पताललाई पुनः सञ्चालन गर्ने तयारी भएको बिपीका सहप्रवक्ता डा अभिजित कुमारले जानकारी दिए। जलेका बिरामीलाई उपचारका लागि छुट्टै सेन्टर सञ्चालनको तयारी अन्तिम चरणमा पुर्‍याएको उनले जानकारी दिए।

पोखरामा १५ असोजदेखि हट एयर बलुन पुनः सञ्चालन गर्ने तयारी

पोखरामा हट एयर बलुन १५ असोजदेखि पुनः सञ्चालनमा ल्याउने गरी तयारी पूरा भएको छ ।

हेटौँडा कपडा उद्योग निजी क्षेत्रलाई दिने तयारी

चालू आर्थिक वर्ष ०७९/८० को बजेटमा भने हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गरिने र निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र र सेनाको पोसाक उद्योगबाट उत्पादन गरिने उल्लेख छ सरकारी स्वामित्वको हेटौँडा कपडा...

कोरियाली भाषा परीक्षा फेरि सञ्चालन हुने

कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुरु भएसँगै नयाँको लागि भाषा परीक्षा लिने तयारीको बाटो खुलेको हो । त्यसको तयारी सुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।विभागका महानिर्देशक दीपक काफ्लेले दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी)सँग नयाँको लागि भाषा परीक्षा सञ्चालन गर्नेबारे सहमति भएको तर मिति भने तय हुन बाँकी रहेको जानकारी दिए

पोखरामा प्याराग्लाइडिङ उडान पुनः सञ्चालन गरिँदै

पोखरा । कोभिड–१९ का कारण पोखरामा पछिल्लो समय ५ महीनादेखि रोकिएको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी गरिएको छ । सरकारले निषेधाज्ञा खुला गरेसँगै स्वास्थ्य सतर्कता र उडान सुरक्षालाई ध्यान दिएर खुला गर्ने तयारीमा लागिएको नेपाल हवाइ खेलकुद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । ‘लामो समयदेखि बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक सचेतना र उपकरणको जाँच गरेर उडान सञ्चालन गर्ने तयारी गरेका छौं, अब यसै हप्ता उडान शुरू हुनेछ,’ उनले भने । सम्पूर्ण कम्पनीले उडान उपकरण जाँच गरेको र टेष्ट फ्लाइट पनि भएकाले एक–दुई दिनभित्रै व्यावसायिक उडान थालिने नले बताए । संस्थाले सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई एकदिने सचेतना तालिमसमेत प्रदान गरेको जानकारी उनले दिए । ‘लामो समय उडान नहुँदा उपकरण बिग्रिन सक्ने भएकाले ग्लाइडर, रेस्क्यु, जाँच गरेर टेष्ट फ्लाइट गरी उडान सञ्चालन गर्नेछौं,’ उनले भने । संस्थाका महासचिव बलराम आचार्यले उडानसँग आबद्ध २०० व्यक्तिलाई प्याराग्लाइडिङ सुरक्षा तथा सचेतना अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिइएको बताए । साहसिक खेलका रूपमा ब्राण्डिङ भएको प्याराग्लाइडिङ पोखरामा सन् १९९९ देखि व्यावसायिक उडान शुरू भएको हो । प्याराइडिङको पोखरामा ६० कम्पनी छन् भने ३५० प्यारा पाइलट छन् । विदेशी प्यारापाइलट भने १५ जना छन् । यस क्षेत्रमा झण्डै १ अर्ब रुपैयाँ लगानी छ भने १ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पहिलो बन्दाबन्दी खुकुलो भएसँगै प्याराग्लाइडिङ कम्पनीले उडानमा ५० देखि ६० प्रतिशतसम्म छूट दिएर आन्तरिक पर्यटकलाई आकर्षित गरेका थिए । छूटसँगै प्याराग्लाइडिङ गर्न पोखरा आउने आन्तरिक पर्यटकको संख्या बढेको थियो । कोभिडअघि ५ हजारदेखि ८ हजारसम्म शुल्क लिइँदै आएकोमा पछिल्लो समय २५ सयदेखि ३ हजार रुपैयाँ शुल्कमा उडान हुँदै आएको थियो । अब सञ्चालन हुने उडानमा कति शुल्क लिने भन्ने विषयमा टुंगो लागिनसकेको र व्यवसायीबीच छलफल गरेर मात्र शुल्क निर्धारण गर्ने तय गरिएको महासचिव आचार्यले जानकारी दिए । रासस

झापाको कचनकवलमा विद्यालय खुले, अन्य स्थानीय तहमा असोजदेखि सञ्चालन गर्ने तयारी

झापा : कोरोना भाइरस संक्रमण दर कम भएसँगै झापाका सामुदायिक तथा निजी विद्यालयहरू पुनः सञ्चालनमा आउन थालेका छन्। केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आइसकेका छन् भने कुनै स्थानीय तहले असोज १ देखि सञ्चालनमा ल्याउने तयारी गरेका छन्।कोरोना भाइरसको दोस्रो लहरसँगै गत वैशाखदेखि बन्द भएका विद्यालयहरू पुनः सञ्चालन गर्ने अधिकांश स्थानीय तहले भौतिक उपस्थितिमा नै प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलाप गराउने तयारीमा जुटेका हुन्। सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वीकृत ‘स्मार्ट–लकडाउनस

हिमालयन स्प्रिङ वाटर पुनः सञ्चालन

एक दशकदेखि बन्द रहेको रसुवाको धुन्चेस्थित हिमालयन स्प्रिङ वाटर प्रालि आगामी असोेजको दोस्रो सातादेखि पुनः सञ्चालनमा आउने भएको छ । अब यसको नाम हिमालयाज स्प्रिङ वाटर हुनेछ । कोरियन लगानीमा स्थापित यस कम्पनीले हिमालयाज वन टप ब्रान्डको पानी उत्पादन गर्नेछ । ४० करोड रुपैयाँको लगानी रहेको यस कम्पनीको पानी उत्पादन तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । यसले प्रयोग गर्ने पानीको मुहान लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । कम्पनीका महाप्रबन्धक गंगा धितालका अनुसार कम्पनीले अहिले स्प्रिङ वाटरको परीक्षण उत्पादन गरिरहेको छ । ‘कम्पनीमा नयाँ उपकरण जडान, मर्मत र नयाँ थप्ने काम भइरहेको छ,’ धितालले भने । सुरुमा दैनिक ५०हजार बोटल स्प्रिङ वाटर उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । दैनिक उत्पादन क्षमता एक लाख बोटल रहेको कम्पनीले परीक्षणको रूपमा थोेरै उत्पादन गर्न लागेको हो । नौ सय मिलिमिटर पानीको बोटलको मूल्य ३५ देखि ४० रुपैयाँसम्म पर्ने धितालले बताए । निर्यात गर्ने उद्देश्यले उत्पादन सुरु गरिएको भए पनि हाललाई नेपाली बजारमा पनि विक्रीवितरण हुने कम्पनीले बताएको छ । सन् १९९८ मा कोरियाको नारा इन्टरनेसनल हिमालयन स्प्रिङ वाटर र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा कम्पनी स्थापना भएको थियो । राष्ट्रिय वाणिज्य बैंकको ऋणमा स्थापना भएको कम्पनीले २००० देखि उत्पादन सुरु गरेको थियो । वर्ष ५, अंक ४६, २०६७, साउन ३–९

जनकपुर चुरोट कारखाना : विद्युतगृह र छापाखाना पुनः सञ्चालन गर्ने तयारी

धनुषा । प्रदेश नं २ सरकारले लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि)को विद्युतगृह र छापाखाना पुनः सञ्चालन गर्ने भएको छ । जचुकालि बन्द भएसँगै प्रयोगविहीन भएको विद्युत््गृह र छापाखानालाई सञ्चालनमा ल्याउन प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले पहल थालेको हो । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्राविधिक, मन्त्रालयका कर्मचारीसहित केही दिनअघि विद्युत््गृह र छापाखानाको निरीक्षण गरेका थिए । निरीक्षणपछि प्राविधिकले समान्य मर्मतसम्भार गरे सञ्चालन गर्न सकिने बताएका थिए । जचुकालिको विद्युत्गृहमा पाँचओटा शक्तिशाली जेनेरेटर छन् । उक्त विद्युत्गृह प्रदेश सरकारले सञ्चालन गर्न लागेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री साहले बताए । त्यसैगरी जचुकालिको रंगीन छापाखाना लामो समयदेखि प्रयोगविहीन रहेकाले सञ्चालन गर्न दिन संघीय सरकारसँग आग्रह गरेको उनले बताए । विद्युत्गृह र छापाखाना लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघको उद्योग मन्त्रालयमा पत्राचार गरिसकेको मन्त्री साहले बताए । ‘विद्युत्गृह र छापाखाना सञ्चालनका लागि संघीय सरकारलाई आग्रह गरेका छौं,’ मन्त्री साहले भने, ‘संघीय सरकारले सकारात्मक रूपमा लिएको छ । संघीय सरकारको मन्त्रिपरिषद् विस्तार भएपछि यो प्रक्रिया अगाडि बढ्नेछ ।’ प्रदेश सरकारको आफ्ना छापाखाना नहुँदा वर्षेनि करोडौं रुपैयाँ छपाइमा खर्च गर्दै आएको छ । आफ्नै छापाखाना भए उक्त खर्च कटौती हुने मन्त्री साहले बताए । चालू आर्थिक वर्षमा प्रदेश सरकारले छापाखानाका लागि बजेट छुट्याए पनि पहिलो प्राथमिकता जचुकालिको छापाखाना सञ्चालन गर्ने भएको उनको भनाइ छ । उनका अनुसार उक्त छापाखाना सञ्चालन गर्न नसके प्रदेश सरकारले आफ्नै नयाँ छापाखाना खरीद गर्नेछ ।      जनकपुर उपमहानगरपालिका–९ मा जचुकालि कारखाना छ । लगभग ६ दशक पुरानो कारखाना अहिले बन्द छ । रूस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०२१ पुस २९ मा तत्कालीन राजा महेन्द्र शाहले कारखाना उद्घाटन गरेका थिए । कारखाना २०७० असार २० गतेदेखि बन्द छ । यद्यपि यहाँको उत्पादन भने २०६८ चैतदेखि नै बन्द भएको हो । सोभियत संघको अनुदान तथा तत्कालीन अर्थमन्त्रीसमेत रहेका समाजसेवी रामनारायण मिश्रको प्रयासबाट २०१७ सालदेखि जचुकालि निर्माण कार्य शुरू भएको थियो । कारखाना स्थापनाको चुक्तापूँजी ४ करोड ८ लाख ३७ हजार थियो । कारखाना निर्माणका लागि सर्वसाधारणबाट जग्गा खरिद गरिएको थियो । शुरूमा ३०० कर्मचारीलाई भर्ना गरेर चुरोट कारखाना सञ्चालन गरिएको थियो ।  उत्पादन र काम पनि राम्रो बन्दै गएपछि २०४४ सालमा सबैभन्दा बढी चार हजार ७०० कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका थिए । २०७० असार २० गते जचुकालिका कर्मचारीलाई अवकाश दिइएको थियो । तत्कालीन खिलराज रेग्मीको सरकारले कर्मचारीलाई पे–अफ गर्दै कारखाना बन्द गर्ने निर्णय गरेको थियो । कारखाना बन्द भएको बखत जचुकालिमा करिब साढे ७०० कर्मचारी कार्यरत थिए । कारखाना बन्दपछि जचुकालिको ३३ बिघा ९ कट्ठा क्षेत्रफलको जग्गा र भौतिक संरचना उद्योग मन्त्रालयले पछि जिल्ला प्रशासन कार्यालय धनुषाको मातहतमा सारेको थियो । तीन भागमा छुट्याइएको क्षेत्रफलमा ८ बिघामा कारखानाको भवन, २० बिघामा आवास भवन र पाँच बिघामा गोदाम छ । कारखानाको जनकपुरमा मात्र नभई देशभरका २६ शहरमा जग्गा र दुई ठाउँमा कार्यालय भवन निर्माण गरिएका छन् । तीमध्ये जग्गा थुप्रै विक्री भइसकेका छन् भने बाँकी पनि चौरका रूपमा प्रयोगविहीन छन् । रासस

इन्द्रावती तेस्रो जलविद्युत् केन्द्र पुनः सञ्चालन हुँदै

सिन्धुपाल्चोक (अस) । ७ दशमलव ५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् केन्द्रले पुनः उत्पादन शुरू गर्ने तयारी गरेको छ । असार १ गते हेलम्बु–मेलम्ची क्षेत्रमा गएको बाढीले क्षति पुर्‍याई बन्द रहेको सो आयोजना एक÷दुई दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको केन्द्रका निमित्त प्रमुख इन्जिनियर वसन्तलाल कर्णले जानकारी दिए । बाढीले बगाएको चारओटा टावर पुनर्निर्माण गरी विद्युत् उत्पादन सुचारु गर्न लागिएको उनले बताए बाढीले जलविद्युत् केन्द्रको तिपेनीस्थित बाँधमा पनि क्षति पु¥याएको थियो । डेढ महीना उत्पादन बन्द हुँदा ३ करोड आम्दानी गुमेको र पुनर्निर्माणमा १ करोड २० लाख खर्च भएको कर्णले बताए । बाँध क्षेत्रमा बाढीले भत्काएको आधा संरचना खोलामा पानीको सतह बढी भएकाले अहिले पुनर्निर्माण गर्न नसकिएको केन्द्रले बताएको छ । हिउँदमा गरिने पुनर्निर्माणका लागि थप ४ करोड रुपैयाँ खर्च हुने अनुमान छ । मुख्य संरचना सुरक्षित भए पनि बाँध र बाँधको गेटमा बाढीले क्षति पु¥याएको प्रवद्र्धक नेशनल हाइड्रोपावर कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए । ‘बाँधको गेटमा पुगेको क्षतिको मर्मत भइसकेको छ,’ उनले भने, ‘ठूलो लागतमा पुनर्निर्माण गर्नुपर्ने काम भने हिउँमा शुरू हुन्छ ।’