काठमाडौं : सरकारले भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरुले लामो दूरीमा दुई महिनाभन्दा बढी समयदेखि रोकिएको यातायात सेवा सञ्चालन गर्न दिने तयारी गरेका हुन्।ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले लामो दूरीको यातायात सञ्चालन नहुँदा सर्वसाधारण मारमा परेकाले सञ्चालन गर्न दिनेबारे छलफल भैरहेको जानकारी दिए। थप छलफल गरेर यसबारे निर्णय गर्न आज दिउँसो एक बजे तिन वटा जिल्लाका प्