चीनले रूस–युक्रेन युद्धले अन्न तथा मल निर्यातमा भएको अवरोध हटाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङले सुरक्षा परिषदमा भएको ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ मा समस्या समाधानका लागि ठोस कदम चाल्न आग्रह गर्नुभएको हो ।
चिनियाँ राजदूतले दुई देशको युद्धबाट अन्न र मल निर्यातमा उत्पन्न अवरोध हटाउन आह्वान गर्दै आर्थिक एवं व्यापारिक मुद्दालाई राजनीतिक हतियार बनाउन नहुनेमा जोड दिनुभयो । रूस–युक्रेन द्वन्द्वकाबीच विश्व बजारमा आपूर्ति शृङ्खलामा अवरोध भएक...