काठमाण्डाै – आफ्नो पार्टी र नेतालाई खुसी पार्ने तथा सञ्चारमाध्यममा चर्चामा आउने नाममा संसद् बैठकमा सांसदहरूले नसुहाउँदाे क्रियाकलाप गर्न थालेका छन् । संसद् नियमावली र व्यावहारिक विषय बिर्सेर सांसदहरूले संसद्को गरिमामा नै आँच पुग्ने किसिमका क्रियाकलाप गर्न थालेका हुन् ।
आज साेमवारको संसद् बैठकमा यस्ता थुप्रै नसुहाउँदाे दृश्य देखिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा भएका सम्झौता र अभिव्यक्तिलाई लिएर प्रतिपक्ष दलहरू नेकपा ...