भारतीय सवारी आजबाट नेपाल आउन पाउने

आजबाट भारतीय सवारी भन्सार महसुल बुझाएर नेपाल आउन पाउने भएका छन् । १८ महिनादखि नेपाल आउन रोक लगाइएका सवारी आउन पाउने भएका हुन् । 

सम्बन्धित सामग्री

भारतीय प्लेटका नीजि गाडीलाई किन दिईयो प्रवेशको अनुमति ?

आजबाट नेपालमा भारतीय नम्बर प्लेटका नीजि सवारी साधन निर्वाध रुपमा प्रवेश गर्दैछन् । कोरोना भाइरसको जोखिमका कारण लामो समयदेखि भारतीय प्लेटका नीजि सवारी साधनको नेपाल प्रवेशमा रोक लगाईएको थियो ।पर्यटन तथा होटल व्यवसायीको माग अनुसार सरकारले भारतीय प्लेटका सवारीलाई प्रवेश दिने निर्णय गरेको थियो । असोज ५ गतेको मन्त्रिपरिषद बैठकले असोज १५ गतेबाट नीजि नम्बर प्लेटका भारतीय गाडीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको थियो । सोही अनुसार आजबाट भारतीय नम्बर प्लेटका नीजि सवारी साधनहरु नेपाल प्रवेश गर्ने भएका हुन् ।गृह र अर्थबीच समन्वयको खाँचोगृह मन्त्रालयले यसअघि नै सिमा क्षेत्रका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर भारतीय नीजि सवारीको नेपाल प्रवेशमा समन्वय गर्न भनेको थियो । तर, अर्थ मन्त्रालयबाट भन्सार कार्यालयमा यसबारे कुनै परिपत्र गएन । जसका कारण भारतीय नीजि गाडीले नेपाल प्रवेशमा भन्सारबाट अनुमति पाएका थिएनन् ।तर, होटल व्यवसायीहरुले निरन्तर आग्रह गरेपछि मन्त्रिपरिषदबाटै यो निर्णय भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका वीरगन्जका व्यवसायी गोपाल केडियाका अनुसार आज दिउँसोबाट भारतीय नीजि गाडीहरु नेपाल प्रवेश गर्ने आशा होटल व्यवसायीहरुले गरेका छन् ।होटल क्षेत्र चलायमान बनाउन यो निर्णयले सकारात्मक प्रभाव पार्ने व्यवसायीको आशा छ । यसका लागि गृह मन्त्रालय र अर्थ मन्त्रालय मातहतका निकायबीच समन्वय आवश्यक रहेको होटल तथा पर्यटन व्यवसायीहरु बताउँछन् ।सौराहादेखि पोखरासम्म राहतनिजी भारतीय सवारी नेपाल आउँदा सिमा क्षेत्रका मात्रै नभई पोखरासम्मका होटललाई राहत हुने व्यवसायी केडिया बताउँछन् । ‘भारतीय प्लेटका प्राइभेट गाडीहरु नेपाल आउनु भनेको पर्यटकहरु नै आउनु हो’ उनी भन्छन्, ‘यसको मुख्य फाइदा टुरिजम सेक्टरलाई हुन्छ, सौराहादेखि पोखरासम्मका होटल व्यवसायीलाई राहत हुन्छ । योसँगै अन्य क्षेत्रले पनि फाइदा लिन्छन्, उनीहरुले नेपालमा बस्तुहरु किनमेल गर्छन्, मठ मन्दिर दर्शन गर्छन् ।’दशैँ तिहारमा पर्यटन चलायमानविगतका वर्षमा पनि भारतीय पर्यटक यस सिजनमा नेपालमा आउने गरेका थिए । असोजको मध्यदेखि सिमा क्षेत्रमा मात्रै नभई पहाडी क्षेत्रमा पनि भारतीय पर्यटक आफ्नै गाडीमा आउँथे । तर, गत वर्षदेखि आएका थिएनन् ।यसवर्ष भने दशैँ र तिहारको समयमा भारतीय पर्यटक आउने भएपछि यो समयमा वीरगञ्ज, चितवन, पोखरा, सौराहा लगायतका क्षेत्रका होटल क्षेत्र चलायमान हुने अपेक्षा लिईएको छ ।