व्यवसायीहरुलाई समाजप्रति जिम्मेवार बनाउन ‘एनबीआइ’को पहल

काठमाडौं,५ साउन– व्यवसायीहरुको सामाजिक उत्तरदायित्व र असल व्यवसायिक अभ्यासको प्रवद्र्धनको लागि राष्ट्रिय व्यवसायिक पहल (एनबीआइ)ले ‘दोस्रो

सम्बन्धित सामग्री

‘जिम्मेवार व्यवसाय सम्मेलन’ गर्दै एनबीआई

काठमाडौं। राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)को चौथो ‘जिम्मेवार व्यवसाय सम्मेलन’ मङ्सिर २१ र २२ गते काठमाडौंमा हुने भएको छ । सम्मेलनमा बदलिँदो परिस्थिति र उदीयमान नवआयामको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सकिन्छ भन्ने सम्बन्धमा समाज, वातावरण तथा अर्थतन्त्र गरी ३ विधाका ११ ओटा विषयमा विभिन्न प्रस्तुतिमार्फत छलफल गरिने बताइएको छ । समाज विधाअन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यावसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहनेछन् । वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी र नवीकरणीय ऊर्जासम्बन्धी विषय रहनेछन् । त्यसैगरी, अर्थतन्त्र विधामा व्यावसायिक वातावरण निर्माण, नवप्रवर्तन तथा उद्यमशीलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजना गरी चार विषय रहनेछन् । कार्यक्रममा नेपाल, भारत, अस्ट्रेलिया, सिंगापुर, जापानलगायत देशका विज्ञ तथा वक्ताहरूको प्रस्तुति रहने बताइएको छ । ३० भन्दा बढी वक्ता रहने यस सम्मेलनमा ३०० भन्दा बढी व्यवसायी तथा निजीक्षेत्रका प्रतिनिधि, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्रको सहभागिता रहने राष्ट्रिय व्यावसायिक पहलले पत्रकार भेटघाटमार्फत जानकारी दिएको छ । विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको द्रुत विकास र प्रभावका साथै विश्वव्यापी चासोको विषयमा छलफल गर्न सम्मेलन अझ बढी सान्दर्भिक हुने आयोजकको विश्वास छ । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट सम्मेलनको प्राज्ञिक साझेदार छ भने निजीक्षेत्रका अग्रणी संस्थाहरूको सहकार्य रहने बताइएको छ ।

सुशासन कायम गर्न नेतृत्वबाटै पहल हुनुपर्छ : मन्त्री पाण्डे

नवलपरासी, ५ जेठ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री सन्तोष पाण्डेले सुशासन कायम गर्नका लागि लिपिबद्ध मात्रै गरेर नभई जिम्मेवार तहबाट नै पहल गर्नुपर्ने बताएका छन्। नवलपरासी(बर्दघाट पश्चिम सुस्ता)मा भएको लुम्बिनी प्रदेश आन्तरिक, कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा सुशासनका लागि साक्षरता कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुशासन […]

‘एमालेले राष्ट्रिय सरकार गठनको पहल गर्छ’

नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएकी छन् ।बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले उनले भनिन्, “प्रमुख प्रतिपक्षी दलको हैसियतले मात्रै नभएर मुलुकको एउटा जिम्मेवार नागरिकको हैसियतबाट हेर्दा यो सरकार चर्चा गर्न लायक नै छैन । एक वर्षको बीचमा यो सरकारले गरेको एउटा पनि राम्रो काम […]

एनबीआईले सन् २०२२ डिसेम्बरमा ‘राष्ट्रिय जिम्मेवार व्यवसाय सम्मेलन’ गर्ने

काठमाडौं– राष्ट्रिय व्यवसायिक पहल(एनबीआई)ले काठमाडौंमा आफ्नो पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष कुशकुमार जोशीले निजी क्षेत्रले राष्ट्रको आर्थिक सुदृढिकरणमा अहम भूमिका खेलेको बताए । जोशीले संस्थालाई स्थापना कालदेखि नै शान्ति सुव्यवस्था कायम गर्न, जिम्मेवार व्यवसाय तथा उद्यमशीलता प्रवद्र्धन गर्न, व्यवसाय गर्न सहज वातावरण निर्माणका लागि आवश्यक नीति तथा कानूनको […]

पार्टी एकताका लागि पहल गर्न एमाले हुम्लाद्वारा समिति गठन

सिमकोट – नेकपा एमाले पार्टीको केन्द्रमा आएको फुटलाई बचाइराख्न हुम्लामा पार्टी अध्यक्ष दलबहादुर रावलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। विभाजित हुनुअगाडि एमालेका केही जिम्मेवार पदाधिकारी सदस्य नेकपा समाजवादीमा लाग्ने संकेत देखिएपछि सो पार्टी समिति बनाएर एकताको पहल गर्ने भएको हो। जिल्लामा पार्टीलाई फुटबाट जोगाइराख्न केन्द्रमा भएको विभाजनपछि बसेको पहिलो जिल्ला कमिटी बैठकले पार्टी […]

ऊर्जा मन्त्रीको प्रश्न : डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन कति पटक पहल भयो ?

–रमेश लम्सालसरकारले लामो समयदेखि विवादको घेरामा रहेको डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन स्वयम् नेपाल विद्युत् प्राधिकरणलाई नै जिम्मेवार बनाउने भएको छ । प्राधिकरणमा आज आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्राधिकरणका जिम्मेवार कर्मचारीले किन महसुल उठाउन सकेनन्, के कारणले रोकियो भन्ने बारेमा आफूलाई स्पष्ट जवाफ चाहिने बताइन् ।चरम लोडसेडिङको समयमा ३०९ उद्योगी तथा व्यवसायीले सो प्रणालीमार्फत बिजुली लिएका थिए । कूल १५ अर्ब ४३ करोड बराबरको महसुल उठाउन बाँकी छ । मन्

एनबीआईले जिम्मेवार व्यवसाय सम्मेलन गर्ने

राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)ले आगामी वर्ष काठमाडौंमा जिम्मेवार व्यवसाय सम्मेलन गर्ने भएको छ । एनबीआईको बाह्रौं वार्षिक साधारणसभामा अध्यक्ष पद्मज्योतिले सन् २०१९ को अगस्ट ८ र ९ मा तेस्रो जिम्मेवार व्यवसाय सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिए ।