‘जिम्मेवार व्यवसाय सम्मेलन’ गर्दै एनबीआई

काठमाडौं। राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)को चौथो ‘जिम्मेवार व्यवसाय सम्मेलन’ मङ्सिर २१ र २२ गते काठमाडौंमा हुने भएको छ । सम्मेलनमा बदलिँदो परिस्थिति र उदीयमान नवआयामको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सकिन्छ भन्ने सम्बन्धमा समाज, वातावरण तथा अर्थतन्त्र गरी ३ विधाका ११ ओटा विषयमा विभिन्न प्रस्तुतिमार्फत छलफल गरिने बताइएको छ । समाज विधाअन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यावसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहनेछन् । वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी र नवीकरणीय ऊर्जासम्बन्धी विषय रहनेछन् । त्यसैगरी, अर्थतन्त्र विधामा व्यावसायिक वातावरण निर्माण, नवप्रवर्तन तथा उद्यमशीलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजना गरी चार विषय रहनेछन् । कार्यक्रममा नेपाल, भारत, अस्ट्रेलिया, सिंगापुर, जापानलगायत देशका विज्ञ तथा वक्ताहरूको प्रस्तुति रहने बताइएको छ । ३० भन्दा बढी वक्ता रहने यस सम्मेलनमा ३०० भन्दा बढी व्यवसायी तथा निजीक्षेत्रका प्रतिनिधि, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्रको सहभागिता रहने राष्ट्रिय व्यावसायिक पहलले पत्रकार भेटघाटमार्फत जानकारी दिएको छ । विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको द्रुत विकास र प्रभावका साथै विश्वव्यापी चासोको विषयमा छलफल गर्न सम्मेलन अझ बढी सान्दर्भिक हुने आयोजकको विश्वास छ । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट सम्मेलनको प्राज्ञिक साझेदार छ भने निजीक्षेत्रका अग्रणी संस्थाहरूको सहकार्य रहने बताइएको छ ।  

सम्बन्धित सामग्री

सनराइज बैंक–एनबीआई सहकार्य

काठमाडौं (अस) । सनराइज बैंकले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) बीच वित्तीय साक्षरताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लमसालले हस्ताक्षर गरे । सहमतिअनुसार बैंकले विभिन्न प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नेछ । वित्तीय साक्षरता अभावमा असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिको पहुँच पुर्‍याउन, डिजिटल कारोबारबारे  अभ्यस्त बनाउन वित्तीय साक्षरता कार्यक्रम गर्न लागिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राणाले बताइन् ।

एनबीआई र कामना सेवा विकास बैंक बीच तालिम सञ्चालन गर्न सम्झौता

भदौ २१, काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) र कामना सेवा विकास बैंक बीच आइतवार तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेशनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

‘स्वास्थ्य राज्यमन्त्रीको नियुक्ति निजी क्षेत्रले गर्व गर्न लायक’

राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)ले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त उमेश श्रेष्ठलाई सम्मान गरेको छ ।एनबीआई अध्यक्ष कुशकुमार जोशीले राज्मन्त्री श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरे । अध्यक्ष जोशीले श्रेष्ठको नियुक्ति निजी क्षेत्रका लागि गर्वको विषय भएको र यो सरकारमा निजी क्षेत्रको प्रतिनिधित्वको एउटा स्वरुप रहेको टिप्पणी गरे । श्रेष्ठको काम र व्यवस्थापन क्षमतालाई हेरेर नै प्रधानमन्त्री शेरबहादुर […]

एनबीआई तथा एनएमबी बैंकबीच सम्झौता

नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र एनएमबी बैंकबीच शुक्रबार तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।