काठमाडौं : नेकपा (एमाले)की सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएकी छिन्।उनले भनिन्, ‘प्रमुख प्रतिपक्षी दलको हैसियतले मात्रै नभएर मुलुकको एउटा जिम्मेवार नागरिकको हैसियतबाट हेर्दा यो सरकार चर्चा गर्न लायक नै छैन्। एक वर्षको बीचमा यो सरकारले गरेको एउटा पनि राम्रो काम भेटिँदैन। जताततै बेथिति नै बेथिति मात्रै छ। भ्रष्टाचार अनि भ्रष्टाचार मात्रै छ। कमिशन नै कमिशन छ। लुटपाट, हत्या, बलात्कारजस्ता गतिविधिबाट जनता आक्रान्त बनेका छन्। यो सरकार जति दिन रहन्छ,