बैंकहरुले घटाए खराब कर्जा, कुन बैंकको कति ?

२४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा बैंकहरुले खराब कर्जा अनुपात घटाएका छन् । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निष्क्रिय कर्जा औसतमा ०.४३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात १.५९८ प्रतिशत थियो । गत आर्थिक वर्षको […]

सम्बन्धित सामग्री

मल्टीपर्पस फाइनान्सको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उल्लेख्य वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ४ लाख १८ हजार नाफा कमाएकोमा चालू आवमा वृद्धि भएर रू. ६५ लाख ८० हजार पुगेको हो ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले कम्पनीको नाफामा वृद्धि भएको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. ४९ लाख ६ हजार रहेकोमा चालू आवमा बढेर रू. १ करोड ९५ लाख पुगेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ५९ करोड ५९ लाख छ । पहिलो त्रैमाससम्ममा कम्पनीले रिर्जभमा रू. ६ करोड २३ लाख र रिटेन्ड अर्निङमा रू. २९ लाख ३३ हजार सञ्चिति गरेको हो । चालू आवमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३७ पैसा रहेकोमा चालू आवमा बढेर ४ रुपैयाँ ४२ पैसा पुगेको छ । त्यस्तै चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ६३ दशमलव ३९ गुणा र प्रतिशेयर नेटवर्थ रू ११० दशमलव ९५ छ ।  कम्पनीको खराब कर्जा भने गत आवको तुलनामा चालू आवमा केही बढेको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव २२ प्रतिशत रहेकोमा चालू आवमा बढेर १ दशलमव २२ प्रतिशत पुगेको हो ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

बैंक मुनाफाको वास्तविकता

वित्तीय संस्थाहरूले विगतमा निकै राम्रो आम्दानी गरेर त्यसअनुसार मुनाफा वितरण गर्ने गरे पनि केही वर्षयता यस्तो मुनाफामा निकै कमी आउन थालेको छ । बैंकको समग्र मुनाफा हेरेर अर्बौं कमाउने भनी उनीहरूको आलोचना भइरहँदा पूँजीका आधारमा कमाइ कति भएको छ भन्ने नहेरिँदा बैंकको कमाइप्रति आँखा लाग्नु स्वाभाविक हो । नेपालका बैंकले विगतमा गरेको कमाइ र अहिले पनि विश्वका बैंकहरूले गरेको कमाइ हेर्दा अहिले बैंक तथा वित्तीय संस्थाको कमाइ निकै कम देखिन्छ । किन बैंकहरूको कमाइ घटिरहेको छ त ?  गत आर्थिक वर्षमा सबै वाणिज्य बैंकहरूको मुनाफा ७० अर्ब रहेको छ । यस्तो मुनाफा अघिल्लो आवमा ५६ अर्ब रहेको देखिन्छ । यो तथ्यांक २० ओटा बैंकको हो । यसमा मर्जमा गएका बैंकहरूको गत आवको मुनाफा नजोड्दा मुनाफा बढेको देखिएको तर सबै बैंकको मुनाफा जोड्दा अघिल्लो आवभन्दा ४ अर्ब कम मुनाफा भएको बताइन्छ । मुनाफा जति नै भए पनि इक्विटीको आधारमा कति कमाइ भयो भनेर हेर्नुपर्छ । त्यसरी हेर्दा नेपालका बैंकहरूको मुनाफा निकै कम छ । त्यसमा पनि अहिले खराब कर्जा अघिल्लो आवको दाँजोमा दोब्बर जस्तो बढेकाले बैंकहरूले यसका लागि प्रोभिजनिङ गर्दा वितरणयोग्य मुनाफा अघिल्लो आवको दाँजोमा गत आवमा ४० प्रतिशतले कमी आएको छ । यही कारण कतिपय बैंक त बोनस वितरण गर्न नसक्ने अवस्थामा छन् भने केही बैंकको मुनाफा ऋणात्मक छ । बैंकहरूको चौथो त्रैमासिक वित्तीय विवरण सकारात्मक आउने र शेयरबजार बढ्ने आशमा रहेका लगानीकर्ता अहिले निराश भएका छन् । त्यही भएर बैंकहरूले वित्तीय विवरण प्रकाशित गरेकै दिनदेखि शेयरबजार ओरालो लाग्न थालेको छ र सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य ओरालो लागेको छ ।  अन्य व्यवसायको दाँजोमा निकै पारदर्शी मानिएको बंैकिङ क्षेत्रप्रति नियामकीय व्यवहारका कारण पनि मुनाफा प्रभावित भएको देखिन्छ । राष्ट्र बैंकले बैंकहरूलाई मर्जरमा जान बाध्य बनायो र बैंकहरू निकै ठूला बने । अर्थात् बैंकहरूको पूँजीकोष निकै ठूलो भयो । अहिले बैंकहरू त्यही पूँजीकोषले थलिएका छन् । पूँजीकोषको अनुपातमा व्यवसाय गर्न सकेका छैनन् । मर्जरले सिनर्जी इफेक्ट ल्याउने भनिए पनि बैंकहरूले प्रकाशन गरेको वासलातले त्यसलाई पुष्टि गरेको पाइँदैन । छरिएर रहेको पूँजीलाई एकत्रित गरी लगानी गर्न बैंकहरू सहयोगी हुन्छन् । तर, अहिले बैंकको मुनाफा घट्दै गएको र बैंकहरूप्रति नकारात्मक धारणा बढ्दै गएको सन्दर्भमा यसको नाफा घट्दा भोलिका दिनमा बैंकप्रतिको विश्वासमा कमी नआउला भन्न सकिँदैन । अहिले बैंकहरूको खराब कर्जा निकै बढेको छ । यो बढ्नुको कारण मुलुकको अर्थतन्त्र मन्दीतर्फ लाग्नु नै हो । जनताको क्रयशक्ति घटेपछि उपभोग घट्ने र त्यसले उत्पादन कटौती गर्नुपर्ने अवस्था आयो । आय घटेपछि कर्जा उठ्ती पनि प्रभावित भएको छ । अर्को, एकथरी समूहले बैंकहरूप्रति निकै नकारात्मक सन्देश फैलाई ऋण नतिर्न अभियान नै चलाएकाले पनि खराब कर्जा बढेको हुन सक्छ । यस्तो प्रवृत्ति रोक्न बैंकहरूले सरकारलाई नै गुहार्नुपर्‍यो । यी सबै कारणले बैंकको आम्दानी प्रभावित भएपछि अहिले बैंकहरूको प्रमोटर शेयर विक्री गर्ने लहर नै चलेको छ । मुद्दती खातामा निक्षेप राख्दा जति ब्याजदर आउँछ त्यति पनि मुनाफा बैंकको शेयरबाट नहुने भएपछि यस्तो विक्री गर्नेको संख्या बढेको हो । लाभांश नआउने भएपछि व्यवहार मिलाउनकै लागि पनि संस्थापक शेयर विक्री गर्नु परेको देखिन्छ । बैंकहरूको चौथो त्रैमासिक वित्तीय विवरण सकारात्मक आउने र शेयरबजार बढ्ने आशमा रहेका लगानीकर्ता अहिले निराश भएका छन् । त्यही भएर बैंकहरूले वित्तीय विवरण प्रकाशित गरेकै दिनदेखि शेयरबजार ओरालो लाग्न थालेको छ र सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य ओरालो लागेको छ ।  ठूला बैंक बनाउन बाध्य पार्ने राष्ट्र बैंक नै अहिलेको परिणतिका लागि दोषी मान्न सकिन्छ । यद्यपि बैंकहरूबीच को ठूलो हुने भन्ने प्रतिस्पर्धाले गर्दा पनि मर्जर भएको र त्यसले बैंकहरूको मुनाफा प्रभावित भएको देखिन्छ । थोरै लगानी गरेर धेरै नाफा गर्न सकेको भए पो बैंकहरूले अत्यधिक कमाए भन्न सकिन्थ्यो ।

शेयर शिक्षा : खराब कर्जा बढ्दा के प्रभाव पर्छ लगानीकर्तालाई ?

काठमाडौं । ऋणीले भाकाभित्र ऋणको साँवा तथा ब्याज भुक्तानी गरेन त्यस्तो ऋणलाई खराब कर्जा (Nonperforming Loan) भनिन्छ । खराब कर्जालाई बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय अवस्था परीक्षण गर्ने महत्त्वपूर्ण औजारका रूपमा लिइन्छ ।  बैंक तथा वित्तीय संस्थाले निश्चित समय अवधिका लागि समयसमयमा साँवाको किस्ता तथा ब्याज भुक्तानी गर्ने शर्तमा ऋणीहरूलाई कर्जा दिएका हुन्छन् । तोकिएको समयमा ऋणको साँवा वा ब्याज भुक्तानी पाउन सकेनन् भने बैंकहरूले त्यस्तो कर्जालाई खराब कर्जामा राख्ने गर्दछन् ।  बैंकिङ तथा वित्तीय संस्थाले सामान्यतया ऋणीले साँवा तथा ब्याज भुक्तानी गर्नुपर्ने मितिबाट ९० दिन कटेपछि उक्त ऋणलाई खराब कर्जाअन्तर्गत राख्छन् ।नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले ९० दिनभन्दा बढी भाका नाघेमा त्यस्तो ऋणलाई खराब कर्जाका रूपमा वर्गीकरण गरी शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।  वित्तीय संगठन तथा राष्ट्र बैंकले अवस्था हेरी कस्तो कर्जालाई खराब मान्ने भनेर निर्धारण गरेका हुन्छन् । यसमा राष्ट्र बैंकले विभिन्न नियम तथा व्यवस्थाहरू बनाएको छ । सोहीअनुसार बैंकहरूले खराब कर्जा गणना र प्रोभिजनको व्यवस्था गरेका हुन्छन् । ५ प्रतिशत वा सोभन्दा माथि खराब कर्जा भएका वित्तीय संस्थाले लाभांश वितरण गर्न नपाउनेसम्मको व्यवस्था छ । सामान्यतया खराब कर्जामा वर्गीकरण गरिएका ऋणहरूको भुक्तानी पाउने सम्भावना अत्यन्तै न्यून हुन्छ । खराब कर्जाहरू धेरै हुन गएमा बैंकहरूको वित्तीय अवस्था नै कमजोर हुने अवस्था सृजना हुन्छ ।  कतिपय अवस्थामा बैंकहरूले घाटा व्यहोनुपर्ने सम्भावना पनि रहन्छ । खराब कर्जा बढेमा बैंक तथा वित्तीय संस्थाहरूले लगानीकर्ताको विश्वास पनि गुमाउने सम्भावना रहन्छ । कर्जा लगानीमा व्यवस्थापन पक्ष कमजोर भएको पनि संकेत गर्दछ । यसो त खराब कर्जा ५ प्रतिशत वा बढी पुगेमा बैंक तथा वित्तीय संस्थाहरूले नाफा गरेकै भए पनि लगानीकर्तालाई लाभांश वितरण गर्न पाउँदैनन् । सोही कारण बैंकहरूको खराब कर्जा जति न्यून भयो त्यति नै राम्रो मानिन्छ । लगानीकर्ताले पनि बैंक तथा वित्तीय संस्थाको शेयर खरीद गर्नुअघि खराब कर्जा अनुपातलाई विशेष ध्यान दिनुपर्छ । खराब कर्जा असुली गर्न सकेमा भने कम्पनीहरूको वित्तीय विवरणमा सकारात्मक प्रभाव देखिन जानेछ । चालू आवको तेस्रो त्रैमाससम्ममा वित्तीय विवरण प्रकाशित गरेका बैंकहरूको अवस्था हेर्दा अधिकांशको खराब कर्जा बढेको देखिएको छ । यसरी खराब कर्जा बढिरहँदा लगानीकर्ताले कतै २०७९/८० का लागि लाभांशदर घट्ने अनुमान लगाउन थालेका छन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सबैभन्दा कम निष्क्रिय कर्जा एभरेष्ट बैंकको शून्य दशमलव ७० प्रतिशत छ । त्यस्तै दोस्रोमा एनआईसी एशिया बैंकको शून्य दशमलव ८५ प्रतिशत रहेको छ । त्यस्तै सबैभन्दा बढी निष्क्रिय कर्जा हिमालयन बैंकको ४ दशमलव ५६ प्रतिशत रहेको छ । दोस्रोमा कृषि विकास बैंकको निष्क्रिय कर्जा ४ दशमलव २० प्रतिशत छ ।  खराब कर्जा कसको कति ?

लघुवित्तहरू कहिलेसम्म एकलकाँटे हुने ?

शत्रुकै घरमा आगो लाग्यो भने पनि चुप लागेर बस्दा आफ्नो पनि घर डढ्ने सम्भावना हुन्छ । यस्तोमा लघुवित्तहरूले सहकार्य नगरी हुँदैन । राष्ट्र बैंकले पनि वैज्ञानिक मापदण्ड बनाएर एउटा क्षेत्रमा कति वटा लघुवित्तहरूको आवश्यकता छ भन्ने निर्धारण गरी बढी संख्यामा भएकालाई त्यहाँबाट अन्यत्र जानको लागि बाध्यकारी बनाउनुपर्छ ।

सामुदायिक लघुवित्तको नाफा ६४.६७% बढ्यो, प्रतिशेयर आम्दानी कति ?

वैशाख २७, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा ६४ दशमलव ६७ प्रतिशत बढेको छ ।  गत आर्थिक वर्षको चैत मसान्तसम्ममा रू. १ करोड ७१ लाख रहेको कम्पनीको नाफा चालू आवको सोही अवधिमा बढेर रू. २ करोड ८१ लाख पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा १२९ दशमलव शून्य ७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. ४ करोड ३४ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा १ करोड ८९ लाख रूपैयाँ आर्जन गरको थियो ।  एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा ४२ दशमलव ५२ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ६ करोड ५० लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ९ करोड ४७ लाख रुपैयाँ कायम भएको छ ।   समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १० दशमलव २९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १२ दशमलव १६ प्रतिशत बढेको छ ।  कम्पनीको खराब कर्जा ४ दशमलव ७२ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी २८ दशमलव ४६, मूल्य आम्दानी अनुपात ४३ दशमलव २२ गुणा छ भने प्रतिशेयर नेटवर्थ १७१ दशमलव ८१ छ ।  हाल कम्पनीको चुक्तापूँजी १३ करोड २० लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी परिवर्तन भएको छैन । कम्पनीको सापटी ४ दशमलव ६७ प्रतिशत, निक्षेप संकलन १३ दशमलव ५७ प्रतिशत र कर्जा प्रवाह २० दशमलव ८२ प्रतिशत बढेको छ ।

एनआईसी एशिया बैंकको नाफा २० % बढ्यो, वितरणयोग्य नाफा कति ?

वैशाख ७, काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा एनआईसी एशिया बैंकको नाफा करीब २० प्रतिशत वृद्धि भएको छ । चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा १९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो ।  वित्तीय विवरण अनुसार चालू आवको चैत मसान्तसम्म कम्पनीले ३ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा यो कम्पनीको नाफा ३ अर्ब ४८ लाख रूपैयाँ थियो ।  त्यस्तै चैत मसान्तसम्म यो कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ३८ करोड रूपैयाँ रहेको छ । यो बैंकको खराब कर्जा भने बढेको छ । गत आवको चैत मसान्तसम्म शून्य दशमलव ४७ प्रतिशत खराब कर्जा रहेकोमा चालू आवको सोही अवधिमा बढेर शून्य दशमलव ५१ प्रतिशत कायम भएको छ ।  त्यसैगरी कम्पनीको जगेडा कोषमा ९ अर्ब ७४ करोड रुपैयाँ जम्मा भएको छ । गत असार मसान्तसम्म कम्पनीको जगेडामा ७ अर्ब ७४ करोड रुपैयाँ थियो ।  कम्पनीको प्रतिशेयर आम्दानी ४१ दशमलव ९४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २१० दशमलव  ११रुपैयाँ छ । प्रतिशेयर बजार मूल्य ७५७, कुल सम्पत्तिमा प्रतिफल १ दशमलव ३९ प्रतिशत र तरलता अनुपात २० दशमलव शून्य ७ प्रतिशत रहेको छ ।

७६.९८ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको नाफा, वितरणयोग्य कति ?

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मी विकास बैंकको खुद नाफा ७६.९८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४० करोड ३६ लाख खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नाफा बढेर ६९ करोड ५७ लाख पुगेको छ। यस अवधिमा बैंकको खुद नाफा आम्दानी १५.६४ प्रतिशतले बढेर १ अर्ब ३४ करोड पुगेको छ । यस अवधिमा बैंकको बितरणयोग्य मुनाफा ४५ करोड ८३ लाख रहेको छ ।समिक्षा अवधिमा बैंकको निक्षेप ८.२१ प्रतिशतले बढेर ४१ अर्ब ७७ करोड पुगेको छ भने कर्जा प्रवाह २६.५१ प्रतिशतले बढेर ३८ अर्ब ८ करोड पुगेको छ । खराब कर्जा असुल भई बैंकको प्रोभिजन फिर्ता भएसंगै बैंकको खुद नाफा बढेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ७ करोड ३२ लाख प्रोभिजन गरेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सो रकम १५ लाख मात्र कायम रहेको छ। यस अवधिमा बैंकको खराब कर्जा ४.४४ प्रतिशतबाट घटेर २.८९ प्रतिशत कायम भएको छ।४ अर्ब १ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा २ अर्ब २४ करोड रहेको छ ।  यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २३.७४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १५६.४ रुपैयाँ रहेको छ ।

वित्तीय विवरणमा सुधार

नेपालमा हाल सञ्चालनमा रहेका २७ ओटै बैंकहरूले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसमा अवधिमा बैंकहरूको मुनाफामा २४ प्रतिशतले वृद्धि भएको छ । यसले कोरोनाबाट प्रभावित बैंकिङ क्षेत्र बिस्तारै पुनरुत्थान हुन थालेको देखाएको छ । अर्थतन्त्रका अन्य क्षेत्रमा समेत सुधार देखापर्न थालेकाले बैंकिङ क्षेत्रमा पनि पुनरुत्थानको संकेत देखापरेको हो । बैंकहरूले कम्तीमा पनि अबको त्रैमासको लक्ष्य कति हो भन्ने कुरा वित्तीय विवरणमा भन्नुपर्छ । त्यस्तै कति लक्ष्य लिएको हो, कति प्राप्त भयो कति भएन र किन भएन भन्ने कुरा पनि देखाउनुपर्छ । अघिल्लो आवको यसै अवधिमा बैंकहरूको खुना मुनाफा औसत ८ दशमलव ४ प्रतिशतले घटेको थियो । बैंकहरूको मुनाफा गतवर्षको दाँजोमा बढेको विवरण सार्वजनिक भएपछि शेयरबजारमा भने धेरै बैंकहरूको शेयर मूल्य घटेको छ । अघिल्लो आवमा भन्दा यस आवको समीक्षा अवधिमा बैंकहरूको प्रतिशेयर आम्दानी बढेको देखिएको छ । चालू आवको प्रथम त्रैमासमा राम्रो मुनाफा गर्दैमा वर्षभरि नै यसरी नै नाफा कमाइरहन सक्छन् भन्ने आधार देखिँदैन । अहिले तरलताको समस्या देखिएकाले बैंकहरू लगानी गर्न असमर्थ देखिइरहेका छन् । त्यसो हुँदा आगामी दिन कस्तो हुने हो भन्न सकिँदैन । शेयरबजारका कतिपय लगानीकर्ता त्रैमासिक विवरण हेरेर बढी नाफा कमाउने बैंकका पछाडि लाग्छन् तर अर्को त्रैमासमा यस्तै विवरण आउन सक्ने कुनै सुनिश्चितता भने हुँदैन । त्यसो हुँदा यस्तो विवरणमै सुधारको आवश्यकता देखिएको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरूले एनएफआरएस प्रणालीअनुसार यस्तो विवरणमा थुप्रै करा सार्वजनिक गर्छन् । तर, कम्पनीहरूको शेयर किन्ने मानिसहरूका लागि आवश्यक महत्त्वपूर्ण केही जानकारीहरू यसमा दिइएको हुँदैन । कम्पनीको शेयर किन्दा यसको कम्पनीका अघिल्ला विवरणहरूका भएको नाफा र आगामी महीनाहरूमा हुने नाफाको प्रक्षेपण हेरेर निर्णय गरिन्छ । बैंकहरूले अहिलेको ईपीएस यथावत् राख्न सक्छन् भन्ने आधार वित्तीय विवरणले देखाउँदैन । त्यसैले त्रैमासिक वित्तीय विवरण बिरालो बाँध्ने प्रचलनका रूपमा रहेको छ । राष्ट्र बैंकले विवरण सार्वजनिक गर्न बाध्य पारेकाले यस्तो विवरण निकाल्ने गरिए पनि यो लेखापरीक्षण नभएको विवरण हो । यस्तो विवरणमा कहिले प्रतिशेयर आम्दानी (ईपीएस) नै गलत दिइएको हुन्छ त कहिले अन्य तथ्यांकमा पनि गल्ती भेट्ने गरिएको छ । ईपीएस फरक पर्नेबित्तिकै अन्य सूचकमा समेत फरक पर्छ । त्यसैले यस्तो विवरणले लगानीकर्तालाई सही र गम्भीर जानकारी दिन सकेको छैन । वित्तीय विवरणमा बैंकले आगामी त्रैमासका लागि कति नाफा आर्जन गर्न सकिन्छ त्यसबारे उल्लेख गर्नुपर्छ । तर, त्यस्तो चलन छैन । अरू देशमा वर्षको शुरूमा यो वर्ष म यति नाफा पुर्‍याउँछु भनेर घोषणा गर्ने गरिन्छ । घोषित पूरा हुन नसकेको त्यसबारे स्पष्टीकरण पनि दिने गरिन्छ । त्यस्तै हरेक त्रैमासमा घोषित लक्ष्यअनुसार नाफा नभएका त्यसको संशोधन पनि गर्ने गरिन्छ । नेपालमा पनि यस्तो परिपाटी बसाल्नु आवश्यक छ । वित्तीय विवरणमा गत त्रैमासमा भन्दा अहिलेको त्रैमासमा कुनै शीर्षका ठूलो परवर्तन भएको छ भने किन भएको हो त्यसको पनि स्पष्टीकरण दिनुपर्छ । ठूलो खराब कर्जा उठेको हो, अचल सम्पत्ति विक्रीबाट मुनाफा बढेको हो भने त्यो पनि भन्नुपर्छ । बैंकहरूसँग राष्ट्र बैंकले विभिन्न तथ्यांक लिएको हुन्छ । यस्तो तथ्यांकमा राष्ट्र बैंकका अधिकारीहरूको पहुँच हुन्छ । उनीहरूले त्यस्तो सूचना आफन्तहरूलाई दिएर शेयरबजारको मूल्यमा चलखेल गर्न सक्छन् । त्यसैले यस्तो सूचनामा सर्वसाधारणको पनि पहुँच पुर्‍याउने गरी वित्तीय विवरण आउनुपर्छ । बैंकहरूले कम्तीमा पनि अबको त्रैमासको लक्ष्य कति हो भन्ने कुरा वित्तीय विवरणमा भन्नुपर्छ । त्यस्तै कति लक्ष्य लिएको हो, कति प्राप्त भयो कति भएन र किन भएन भन्ने कुरा पनि देखाउनुपर्छ । त्यसो हुँदा लगानीकर्ताका लागि यो विवरण उपयोगी हुन्छ । नेप्सेमा सूचीकृत सबै कम्पनीहरूले यस्ता विवरणहरू त्रैमासिक विवरणमा उल्लेख गर्नुपर्छ जुन अन्य देशमा समेत अभ्यासमा रहेको पाइन्छ । यसका लागि नियामक निकायले आवश्यक निर्देशन दिनु आवश्यक देखिन्छ ।

सबैको लघुवित्तको नाफासँगै खराब कर्जा बढ्यो, प्रति सेयर आम्दानी कति ?

१३ साउन, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले मूनाफा आर्जनमा राम्रो प्रगति गरेको छ । मूनाफा राम्रो वृद्धि गरे पनि यस संस्थाको निस्कृय कर्जा भने बढेको छ । बुधबरा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षभित्र लघुवित्तले ११ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यस लघुवित्तले ३ करोड ४४ […]