चैत मसान्तसम्ममा नेरुडे लघुवित्तले कमायो रू. १८ करोड ४८ लाख नाफा , प्रतिशेयर आम्दानी कति ?

वैशाख १६, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १८ करोड ४८ लाख खुद नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा भने २० प्रतिशत बढेको हो । सो अवधिमा कम्पनीले रू. १५ करोड ३३ लाख खुद नाफा कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. १२ करोड १८ लाख खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १८ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू.६० करोड रहेको छ भने जगेडामा रू. ७१ करोड ५९ लाख सञ्चित गरेको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ५ अर्ब २५ करोड सापटि लिएर,रू. ३ अर्ब १० करोड निक्षेप संकलन गरेर रू. ९ अर्ब ९६ करोड कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४१ दशमलव ०७(वार्षिकीकरण),मूल्य आम्दानी अनुपात २३ दशमलव ८६ गुणा ,तरलता अनुपात ३ दशमलव ०१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २१९ दशलमव ३२ रहेको छ ।   तेस्रो त्रैमाासिक वित्तीय विरण हेर्नका लागि यहाँ क्लिक गर्नुहोला 

सम्बन्धित सामग्री

बैंकहरुको नाफा - कसको कति ?

काठमाण्डाै - वाणिज्य बैंकहरुले चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।सार्वजनिक वित्तीय विवरणअनुसार गएको आर्थिक वर्ष २०७९/८० मा २० वटा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुले ५६ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका थिए । केही बैंक मर्जपछि सार्वजनिक भएको एकीकृत वित्तीय विवरणमा नाफा बढेको देखिएको छ ।नेपाल बङ्लादेश बैंकसँग मर्ज भएको नबिल बैंकको नाफा सबैभन्दा धेरै ७६ प्रतिशत बढेको छ । नबिल बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...

यी १० देशसँग छ नेपालको सबैभन्दा बढी व्यापार नाफा, कुनसँग कति ?

काठमाडौं, १९ माघ। चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना (साउन–पुस)मा नेपालको सबैभन्दा बढी व्यापार नाफा रहेका १० देशमा डेनमार्क, अमेरिका,अल्जेरिया, कम्बोडिया, रोमानिया, नर्वे,उरुग्वे, लाट्भीया, न्यु क्यालेडोनिया र क्रोएसिया रहेका छन्। भन्सार विभागका अनुसार डेनमार्कसँग ३४करोड४६लाख, अमेरिकासँग १३करोड६३लाख, अल्जेरियासँग ७करोड३०लाख, कम्बोडियासँग ६करोड६८लाख, रोमानियासँग ५करोड१५लाख, नर्वेसँग ४करोड९४लाख, लाट्भीयासँग १करोड१२लाख, न्यु क्यालेडोनियासँग १करोड८लाख र क्रोएसियासँग ८४लाख रुपैयाँ व्यापार नाफा रहेको छ।

यी पाँच देशसँग छ नेपालको सबैभन्दा बढी व्यापार नाफा, कुनसँग कति ?

काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा नेपालको सबैभन्दा बढी व्यापार नाफा क्रमसः अमेरिका, अल्जेरिया, कम्बोडिया, रोमानिया र उरुग्वेसँग रहेको छ। भन्सार विभागका अनसार अमेरिकासँग ११ करोड ५४ लाख ९ हजार, अल्जेरियासँग ७ करोड ३० लाख ३४ हजार, कम्बोडियासँग ७ करोड ५लाख ८९हजार, रोमानियासँग ६करोड ४४लाख ७८हजार र उरुग्वेसँग ४करोड ११लाख ९६हजार रुपैयाँ नेपालको व्यापार नाफा रहेको छ।

बैंकहरुको नाफा बढ्यो - कुन बैंकको कति ?

काठमाण्डाै - लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेको बेलामा पनि वाणिज्य बैंकहरूले नाफा कमाएका छन् ।विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन् । तर, गएको आर्थिक वर्षमा भने सबै बैंकहरुले उल्लेख्य नाफा कमाएका छन् । शनिवारसम्म २६ वटै वाणिज्य बैंकहरुले गएको आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अघिल्लो आर्थिक वर्षमा ६० अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएका बैंकहरुले गएको आर्थिक वर्षमा २३ दशमलव २७ प्रतिशतले नाफा बढाएका छन् । सबैभन्दा बढी नाफा राष्ट्रिय वाण...

बैंकहरूको नाफा ३४ अर्ब, कुन बैंकले कति कमाए ?

लगानीयोग्य पुँजीको अभावका बाबजुद वाणिज्य बैंकले राम्रै नाफा कमाएका छन् ।  चालू आर्थिक वर्षको ६ महिनामा बैंकहरूले समग्रमा ३४ अर्ब २० करोड ८५ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  गत आवको सोही अवधिमा यो नाफा ३१ अर्ब ७ करोड ३१ लाख रुपैयाँ थियो  ।  यो औसत १०.१० प्रतिशत बढी हो ।  अपेक्षा अनुसार व्यवसाय नबढेपछि समग्र नाफा भने उत्साहजनक नभएको बैंकरहरू बताउँछन् । अन्नपूर्ण पोस्टमा ममता थापाले खबर लेखेकी छन् । दोस्रो त्रैमासमा कुन बैंकले कति कमाए ?

वाणिज्य बैंकहरुले गरे ३३ अर्ब नाफा, कुन बैंकको कति ?

काठमाडौं, १० माघ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । ६ महिनामा २६ वाणिज्य बैंकहरुले ३३ अर्ब ४४ करोड ४५ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत वर्ष सोही अवधिमा २७ वाणिज्य बैंकहरुले ३० अर्ब ५० करोड ८१ लाख १६ हजार रुपैयाँ […]

छ महिनामा वाणिज्य बैंकहरूको नाफा ३३ अर्ब माथि, कसले कति कमाए ?

२७ वाणिज्य बैंकहरूको नाफा/नोक्सानको हिसाब किताब लगभग सकिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका बैंकहरूले छ महिनामा ३३ अर्ब माथिको नाफा कमाएका छन् । बैंकहरूले जारी गरेका वित्तीय रिपोर्टअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ वाणिज्य बैंकहरूले कुल ३३ अर्ब ४४ करोड ४५ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । अघिल्लो वर्षको सोही अबधिमा यी २६ वाणिज्य बैंकहरूले ३० अर्ब ५० करोड  ८१ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । तुलनात्मक

बैंकहरुको नाफा बढ्यो, कुन बैंकले कति कमाए ?

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २३ वटा बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। आव २०७७÷७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपैयाँ नाफा गरेका बैंकहरूले यो वर्षको सोही अवधिमा तीन अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका हुन्। गत वर्ष सोही अवधिको तुलनामा बैंकहरुको नाफा ११.६३ प्रतिशतले बढेको छ भने औसत नाफा २१.२४ प्रतिशतले बढेको छ।  यो वर्ष ग्लोबल आईएमई बैंक धेरै नाफा आर्जन गर्नेमध्ये अग्रणी बनेको छ।  चालू आर्थिक वर्षको पुस मसान्तसम्म...

बैंकहरुको नाफा बढ्यो : कसको कति ?

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये २३ वटा बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । आव २०७७/७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपियाँ नाफा गरेका बैङ्कहरूले यो वर्षको सोही अवधिमा तीन अर्ब रुपियाँ बढी नाफा आर्जन गरेका हुन् ।गत वर्ष सोही अवधिको तुलनामा बैङ्कहरुको नाफा ११.६३ प्रतिशतले बढेको छ भने औसत नाफा २१.२४ प्रतिशतले बढेको छ । यो वर्ष ग्लोबल आईएमई बैङ्क धेरै नाफा आर्जन गर्नेमध्ये अग्रणी बनेको छ । चालू आर्थिक वर्षको

निर्जीवन बीमा कम्पनीमा कसले कति कमाए नाफा, प्रतिसेयर आम्दानी कति?

सार्वजनिक वित्तीय विवरणअनुसार शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।