काठमाडौं : बसाइँ सर्नुको मुख्य कारणमा ३८.२ प्रतिशत विवाह रहेको पाइएको छ।राष्ट्रिय तथ्यांक कार्यालयले पछिल्लो पटक बसाइँ सरिआएको स्थान हाल बसोवास गरिरहेको ठाउँभन्दा फरक गा.पा/न.पा. वा जिल्ला वा विदेश बताउने व्यक्तिहरू उक्त स्थानबाट हालको स्थानमा आउनुको मुख्य कारणमा सबैभन्दा बढी उक्त कारण पाइएको जनाएकाे हो।तथ्यांक कार्यालयले हाल बसोवास गरेको स्थानमा आउनुका अन्य कारण काम/रोजगारी १५.२ प्रतिशत, व्यापार/व्यवसाय २.८ प्रतिशत, अध्ययन/तालिम ७.८ प्रतिशत, आश्रित १९.५ प्रतिशत र प्राकृतिक प्रकोप ०.७ प्रति