कमलहरी मुक्ति अभियानकी अभियन्ता दाङकी २७ वर्षीया उर्मिला चौधरीलाई ‘फ्रिडम फोरम फियर अवार्ड’ प्रदान गरिएको छ। गत जेठ २ गते नेदरल्याण्डको मिडर्वमा एक भव्य समारोहकाबीच उर्मिलालाई उक्त पुरस्कार प्रदान गरिएको हो। उर्मिलालाई थारु समुदायको कमलहरी प्रथा उन्मुलनमा योगदान पुर्याएको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो। दक्षिण एशियामा पाकिस्तानकी मलाला युसफजईलाई सन् २०१४ मा उक्त पुरस्कार…