प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता तथा पत्रकारको हक विरुद्ध चरम दुरुपयोग भएको फ्रिडम फोरमले आरोप लगाएको छ । काउन्सिलले अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गरेको फोरमको ठहर छ ।कार्यकारी प्रमुख तारानाथ दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिक दैनिकमा गत कार्तिक ३ गते 'कल केपी बा' शीर्षकमा कार्टून प्रकाशन गरेको थियो । कार्टून व्यङ्ग्यात्मक अभिव्यक्तिको कलात्मक प्रस्तुति हो। तर, काउन्सिलले राजनीतिक रूपमा प्रेरित भएर विज्ञप्ति जारी गरी स्पष्टीकरण सोधेको छ, जुन ने