नुवाकोट । आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारूढ राजनीतिक दलहरुबीच तालमेल र गठबन्धन गर्न नुवाकोटमा आवश्यक तयारी गर्न थालिएकोे छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष एवम् संयोजकहरुको बैठकले पालिका भागबन्डा गरेर उम्मेदवार उठाउनका लागि शुक्रबार साँझ विदुरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको छलफल सकारात्मक भएको र निष्कर्षमा पुग्न बाँकी रहेको जनाएको छ ।