धनगढी– नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा गाउँपालिका र नगरपालिका अधिवेशन भएको छ। शनिबार प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुरासँगै डोटी, बैतडी, कञ्चनपुर, बाजुरा र बझाङ जिल्लामा पालिकास्तरीय अधिवेशन सम्पन्न भएको हो। कतिपय पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। केही पालिका निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ। देउवाको गृह जिल्ला डडेल्धुराको अमरगढी नगरपालिका र नवदुर्गा […]