मकवानपुर । नेकपा एमाले मकवानपुरको पालिका अधिवेशन आगामी कात्तिक १३ गतेका लागि सारिएको छ । आन्तरिक व्यवस्थापकीय तयारी नपुगेकाले नेकपा एमाले मकवानपुरले पालिका अधिवेशन १३ गते शनिबारका लागि सरेको जनाएको छ । केही व्यवस्थापकीय तयारी नपुगेका कारण आजका लागि तोकिएको पालिका अधिवेशन सार्नुपर्ने अवस्था आएको नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्री प्रसाद लम्सालले बताए । उनका अनुसार जिल्लाको केही वडाको अधिवेशन पनि गर्न बाँकी रहेको र पालिका अधिवेशनको तयारीमा केही समय लाग्ने भएकाले केन्द्रीय नेतृत्वसँगको