काठमाण्डाै - हिजो ६ हजारभन्दा धेरै वडामा अधिवेशन सम्पन्न गरेको नेकपा एमाले पालिका अधिवेशनमा जुटेको छ।
पर्सि हुने पालिका अधिवेशनकाे लागि तयारी सुरु भएको एमालेका पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी पहिरो तथा डुबानका कारण पालिका अधिवेशन पनि एकैदिन नहुने भएको छ ।
यसअघि एकैदिन पालिका अधिवेशन गर्ने तयारी गरे पनि अब दुई चरणमा अधिवेशन हुने भएको छ । बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा ९ गते पछाडि अधिवेशन हुनेछ । अरु ठाउँमा भने तोकिएको मिति अर्थात पर्सि ९ गते नै हुन...