बागमती प्रदेशको अधिकांश जिल्लाहरुमा नेकपा एमालेको पालिका अधिवेशन सुरु भएको छ । प्रदेशका १३ जिल्ला मध्ये १२ वटा जिल्लाहरुमा एमालेको पालिका अधिवेशन सुरु भएको हो । मकवानपुरमा भने तयारी नपुगेको भन्दै एमालेको पालिका अधिवेशन आगामी १३ गतेसम्म सारिएको छ । कात्तिक १३ गते मकवानपुरको एक उपमहानगरपालिका र एक नगरपालिका र ८ वटा गाउँपालिका गरी कुल १० वटै पालिकामा अधिवेशन गर्ने केन्द्रीय सल्लाह अनुसार अधिवेशन सारिएको एमाले मकवानपुरले जनाएको छ । जिल्लामा उद्योग वाणिज्य संघको निर्वाचन पनि आज नै भएका