सरकारी कार्यालयमा सिडिओको छड्के, बाहिर सेवाग्राहीको घुइँचो, भित्र खाली कुर्सी [फाेटाेफिचर]

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सदरमुकामस्थित विभिन्न सार्वजनिक सरकारी कार्यालयहरूमा

सम्बन्धित सामग्री

सुनसान मालपोत कार्यालय

साउनअघिसम्म सेवाग्राहीको भीडभाड हुने काठमाडौँको डिल्लीबजार मालपोत कार्यालयमा अचेल दुई/चार जना सेवाग्राही पनि भेटिँदैनन्। यसअघि लाइन लागेर सेवा लिने कोठा, झ्याल खुला र खाली देखिन्छन्। मालपोत कार्यालय वरपरका कागजपत्र बनाउने र फोटोकपी गर्ने पसलमा ग्राहक आउन छाडेका छन्। दैनिक रूपमा जग्गा कारोबारसँग सम्बन्धित सयौँ लिखत बनाउने गरेका लेखापढी व्यवसायी गोविन्दप्रसाद तिमल्सिनाले अहिले काम ह्वात्तै घटेको बताउनुभयो। सेवाग्राही अहिले फाट्टफुट्ट मात्र आउने गरेको उहाँको भनाइ छ। उहाँले मालपोत कार्यालय डिल्लीबजारमा दैनिक रूपमा भीड लाग्ने गरेको प्रसङ्ग जोड्दै भन्नुभयो, “पहिले हिँड्नलाई बाटो पाइँदैनथ्यो, अहिले सुनसान छ।”

महानगरको टोलीले खाली गरायो राहादानी विभागको बेसमेन्ट

राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भीड लाग्छ तर पार्किङको सुविधा नहुँदा सेवाग्राहीले नजिकैको गल्लीहरूमा कष्टपूर्ण तरिकाले सवारी साधन राख्नुपर्ने बाध्यता रहेको छ।

महानगरकाे टाेली डाेजरसहित राहदानी विभागमा

काठमाडौं  :  काठमाडौं महानगरपालिकाको टोली अन्डर ग्राउन्ड पार्किङ खाली गराउन त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको छ। सवारी पार्किङको अनुमती लिइ वेटिङ रुम बनाएको क्षेत्र खाली गराउन नगर प्रहरीको टोली डोजरसहित सो स्थानमा पुगेको हो।विभागको पार्किङ खाली राख्दै सेवाग्रहीलाई पार्किङको सुविधा दिइएको छैन। राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भिड लाग्छ। तर, विभागले आफ्ना सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा दिएको छैन। जसका कारण सेवाग्राहीले आसपासका गल्लीमा

बुटवलमा जटिल बन्दै पार्किङको समस्या

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा सवारी पार्किङको समस्या जटिल बन्दै गएको छ । बुटवलको बजार क्षेत्रमा किनमेल गर्न र कार्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीको सवारी साधन पार्किङ गर्न जग्गा अभाव भएपछि समस्या जटिल बन्दै गएको हो ।दिनहुँ सवारीको चाप बढ्ने गरेको तर त्यस अनुसार पार्किङ गर्ने जग्गाको व्यवस्थापन गर्न नसक्दा समस्या बढेको हो । बुटवल उपमहानगरको बजार क्षेत्रमा चार पाङ्ग्रे तथा दुई पाङ्ग्रेगरी न्यूनतम पन्ध्र हजार सवारी दैनिक पार्किङ हुने गरेको व्यापारीहरू बताउँछन् । तर खाली ठाउँको अभावले

एक वर्षपछि सुत्केरीले पाए भत्ता

राज्यबाट प्रत्येक महिना पाउनुपर्ने गर्भ जाँच र सुत्केरी महिलाले पाउनुपर्ने सेवा र सुविधा (भत्ता) एक वर्षपछि पाउनुभएको छ । गाउँपालिकामै उक्त सुविधाको रकम निकासा ढिलो आउने र त्यस माथि गाउँपालिकाबाट स्वास्थ्य चौकीमा निकासा ढिलै जाने भएको कारण सुत्केरीले पाउने सुविधाको रकम लामो समयपछि पाउनु भएको हो । दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका–५ मेल्छामी सबिता शाहीले नौ महिनापछि सुत्केरी भए बापत पाउने गर्भ जाँच र यातायात खर्चको सुविधा पाएको बताउनुभयो । उहाँले आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको पोषणमा सुधार ल्याउनका लागि तत्काल पाउनु पर्ने भए पनि उक्त सुविधा ढिलो पाउँदा सुत्केरी भएकी महिलाहरू निराश हुन थालेको बताउनुभयो । उहाँले आफ्ना वडाका १४ जना सुत्केरी हुनु भएका महिलाले पाँच देखि एक वर्षपछि मात्र सो सुविधा पाएको बताउनुभयो । तत्काल दिए पोषण तत्त्वयुक्त खानेकुरा खाना पाइने भए पनि समयमै उपलब्ध नहुँदा खाली वितरणका लागि वितरण भए जस्तो देखिएको सेवाग्राहीको गुनासो रहेको छ । नवजात शिशु र आमाको सुरक्षाका लागि पनि यस्तो सुविधा तोकिएको मितिमै दिने व्यवस्था गर्न समेत माग गर्नु भएको छ ।

म्याग्दीको प्रशासन कार्यालयमा सेवाग्राहीलाई सन्तुष्टि कक्ष

मंसिरको कठ्यांग्रिदो जाडोमा खाली खुट्टा, थोत्रा कपडा लगाएर धुलाम्मे अवस्थामा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रवेश गरेका रघुगंगा गाउँपालिका–१, बेगखोलाका ७५ वर्षीय ओमबहादुर फगामीलाई सेवाग्राहीको भिडबाटै प्रजिअ उमाकान्त अधिकारीले आफ्नो कार्यकक्षमा लगे।

भक्तपुरको मालपोत कार्यालयमा अत्यधिक भीड, कोरोनाको उच्च जोखिम

भक्तपुरको जिल्ला मालपोत कार्यालयको सेवा अस्तव्यस्त देखिएको छ । जिल्ला समन्वय समिति भक्तपुरले शुरु गरेको अनुगमन अभियानका क्रममा जिल्ला मालपोत कार्यालयमा पुग्दा यहाँको सेवा अस्तव्यस्त पाइएको हो । दैनिक एक हजारभन्दा बढीको भीड रहेको मालपोतमा अधिकांश सेवाग्राही र केही कर्मचारीको मुखमा मास्क देखिँदैनथ्यो । न त सेवाग्राहीको लागि हात धुने व्यवस्था नै थियो न त स्यानिटाइजरको व्यवस्था नै । सेवाग्राहीका लागि राखिएको हेल्पडेक्स खाली थियो । सेवाग्राहीको भीडले सामाजिक तथा भौतिक दूरी कायम गरिएको थिएन । कार्यालयभित्र एकले अर्कालाई नछोइ हिँड्नसक्ने अवस्था थिएन । सुरक्षाको कुनै प्रत्याभूति थिएन । एक जनामात्रै कोरोना सङ्क्रमित भेटिए, त्यहाँ सयाँैलाई कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च थियो । यसबारेमा अनुगमनका नेतृत्व गर्नुभएका जिसस प्रमुख नवराज गेलालले जिज्ञासा राख्दा मालपोत कार्यालय भक्तपुरका प्रमुख देवीबहादुर भण्डारीले मालपोत कार्यालय भद्रगोल र अस्तव्यस्त रहेको स्वीकार गर्नुभयो ।

सरकारी कार्यालयमा दशैंको असरः विदा सकिएपनि हाकिमकाे कुर्सी खाली !

६ कात्तिक, वीरगंज । दशैं मनाएर कर्मचारी र्फकनेक्रम शुरु भएसँगै पर्सा जिल्लाका सरकारी कार्यालयहरु विस्तारै सामान्य अवस्थामा र्फकन थालेका छन् । धेरै सेवाग्राहीहरुको चाप रहने गरेको मालपोत, भूमि सुधार, जिल्ला प्रशासन, वीरगञ्ज महानगरपालिका लगायतका कार्यालयहरुमा सेवाग्राहीको …

भोजपुर जिल्ला प्रशासनमा फ्रि वाईफाई - Naya Patrika

जिल्ला प्रशासन कार्यालय भोजपुरमा फ्रि वाईफाई सेवा सुरु गरिएको छ । नागरिकता, राहदानी लगायतका काममा आउने सेवाग्राहीको सुविधाका लागि फ्रि वाईफाई सुरु गरिएको हो । दिनभर घण्टौँ कुर्नुपर्ने खाली समयमा...पूरा पढ्नुहोस् »