राज्यबाट प्रत्येक महिना पाउनुपर्ने गर्भ जाँच र सुत्केरी महिलाले पाउनुपर्ने सेवा र सुविधा (भत्ता) एक वर्षपछि पाउनुभएको छ । गाउँपालिकामै उक्त सुविधाको रकम निकासा ढिलो आउने र त्यस माथि गाउँपालिकाबाट स्वास्थ्य चौकीमा निकासा ढिलै जाने भएको कारण सुत्केरीले पाउने सुविधाको रकम लामो समयपछि पाउनु भएको हो ।
दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका–५ मेल्छामी सबिता शाहीले नौ महिनापछि सुत्केरी भए बापत पाउने गर्भ जाँच र यातायात खर्चको सुविधा पाएको बताउनुभयो । उहाँले आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको पोषणमा सुधार ल्याउनका लागि तत्काल पाउनु पर्ने भए पनि उक्त सुविधा ढिलो पाउँदा सुत्केरी भएकी महिलाहरू निराश हुन थालेको बताउनुभयो । उहाँले आफ्ना वडाका १४ जना सुत्केरी हुनु भएका महिलाले पाँच देखि एक वर्षपछि मात्र सो सुविधा पाएको बताउनुभयो । तत्काल दिए पोषण तत्त्वयुक्त खानेकुरा खाना पाइने भए पनि समयमै उपलब्ध नहुँदा खाली वितरणका लागि वितरण भए जस्तो देखिएको सेवाग्राहीको गुनासो रहेको छ । नवजात शिशु र आमाको सुरक्षाका लागि पनि यस्तो सुविधा तोकिएको मितिमै दिने व्यवस्था गर्न समेत माग गर्नु भएको छ ।