सिमकोट – हिमाली जिल्ला हुम्लामा कात्तिक महिनापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न बिक्री वितरण गरिएको छ। हेलिकोप्टरबाट ढुवानी गरेर गोदाममा खाद्यान्न मौज्दात वृद्धि भएपछि लिमिटेडको शाखाले बिक्री सुरु गरेको हो। सिमकोट गाउँपालिका– ३ को बरगाउँकी पेमा लामाले तीन महिनापछि मासिक कोटाको खाद्यान्न पाएको बताइन्। यसअघि पटक–पटक लिमिटेडको शाखामा खाद्यान्नका लागि जाँदा […]