विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझासँग एकीकरण गर्नु गल्ती भएको भन्दै माफी मागेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदा नेतृत्वको हिसाबले आफूबाट गल्ती भएको बताए ।पछिल्लो समय विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र पाण्डे समूहबीच वैचारिक मतभेद छ । मिश्र समूहले संयोजक पाण्डेको अधिकार खोसेर भूमिका विहीन बनाएको छ । मिश्र समूह सङ्घीयता र धर्म निरपेक्षता खारेजीको पक्षमा उभिएपछि उनले भने, ‘आज दुःखको कुरा के भयो भने सुसंस्कृत