काठमाण्डाै – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले समानान्तर गतिविधि नरोकिए कारबाही गर्ने चेतावनी दिएको छ ।मिश्र पक्षीय केन्द्रीय कमिटीकाे आज बिहीवार बसेकाे बैठकले संयोजक मिलन पाण्डे पक्षका नेताहरूलाई सचेत गराउँदै समानान्तर गतिविधि तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो । बैठकले सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्नेलाई पनि त्यस्तो गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ ।मिश्र पक्षको बैठकमा एक सय एक जना सदस्य सहभागी थिए । पाण्डे पक्षको बैठकमा ४१ जना सदस्य ...