विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र समूहको केन्द्रीय समिति बैठकले पार्टी संयोजक मिलन पाण्डे र उनको पक्षमा लागेकाहरूलाई पार्टी हित विपरितको गतिविधि नगर्न सचेत गराएको छ । बिहीबार अध्यक्ष मिश्रको अध्यक्षतामा बसेको बैठकले पाण्डेलाई समानान्तर गतिविधि नगर्न सचेत गराउने निर्णय गरेको एक नेताले बताए । बैठकले पार्टी हित विपरितको गतिविधि जारी राखे कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ । बैठकमा विवेकशील साझाका १३० मध्ये १०३ जना सदस्य सहभागी भएको दावी गरिएको छ । अर्को बैठक एक सातापछि बस्ने तय गरिएको छ