विवेकशील साझामा विवाद चर्कियो, रवीन्द्र मिश्रविरुद्ध मोर्चाबन्दी

पछिल्लो समय राजतन्त्रसँग नजिकिनुका साथै राजावादी पार्टी राप्रपासँग एकताको पहल थालेका रवीन्द्र मिश्र पार्टीमा आलोचित भएका छन् । पार्टीका असन्तुष्ट नेताहरुले मिश्रको पार्टी सञ्चालनको तौरतरिकाबारे गम्भीर असहमति राख्दै उनीविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् । मिश्रले यसअघि नै कारबाही घोषणा गरेका मिलन पाण्डे समूह र मिश्रकै समूहका भनेर चिनिएका केही नेतासमेत मिश्रविरुद्ध असन्तुष्ट बन्दै मोर्चाबन्दी गरेका हुन् । मिलन पाण्डे निकट प्रवक्ता हरिश भट्टले पार्टी लोकतान्त्रिक पद्धति अनुरुप सञ्चालन नभए

सम्बन्धित सामग्री

विवेकशील साझाको विवाद सर्वोच्चमा , मिश्रविरुद्ध पाण्डेले गराए मुद्दा दर्ता

काठमाडौँ । विवेकशील साझा पार्टीको विवाद सर्वोच्च अदालतमा पुगेको छ । पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् । मिश्रले पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्रअनुरूप एकता महाधिवेशन छल्ने, पार्टीको विधान र संविधान विरोधी दस्ताबेज ल्याएर आफूमाथि अवैधानिक कारबाही गरेको आरोप लगाउँदै पाण्डेले मुद्दा […]

फूर्ति लगाउनेहरुभन्दा म चर्को कम्युनिस्ट हुँ : रवीन्द्र मिश्र

नेपालको राजनीतिमा पुराना पार्टीहरूको भीडभाडमा केही वर्षयता वैकल्पिक शक्ति बन्ने दाबीका साथ ‘विवेकशील साझा पार्टी’ पनि हाजिर छ । काँग्रेस, एमाले, माओवादी, समाजवादी, मधेसवादी र राप्रपाजस्ता दलहरु हुँदाहुँदै रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी किन चाहियो ? यो पार्टीको वैचारिक र सांगठनिक ‘स्पेस’ के हो ? यो आइडियोजिकल प्रश्न लिएर हामी अध्यक्ष मिश्रलाई भेट्न उनको हेडक्वार्टरमा पुग्यौं । पछिल्लो समय विवेकशील साझा पार्टीमा देखिएको विवाद, यहीसाता कतिपय समूहसँग विवेक

विवेकशील साझाको विवाद : दुवै पक्षको नजर निर्वाचन आयोगतिर

१२ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले बिहीबार बोलाएको केन्द्रीय कमिटी बैठकले ‘मार्ग परिवर्तन’ दस्तावेजलाई स्वीकृत गरेपछि संयोजक मिलन पाण्डेको प्रतिक्रिया थियो, ‘रवीन्द्र मिश्रले दोस्रो पटक पार्टी फुटाए, अब निर्वाचन आयोगमै भेट हुनेछ ।’ तर शुक्रबार संयोजक पाण्डे पक्षको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय हेर्ने हो भने विवेकशील साझा पार्टी तत्काल […]

विवेकशील साझा विवाद : मिश्र र पाण्डेको अध्यक्षतामा छुट्टाछुट्टै बैठक

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेको अध्यक्षतामा छुट्टाछुट्टै केन्द्रीय समिति बैठक भएका छन् । अध्यक्ष मिश्रले धर्मनिरपेक्षता र संघीयताको विषयमा जनमतसंग्रह हुनुपर्ने भन्दै दस्तावेज सार्वजनिक गरेपछि सो दलभित्र विवाद चुलिएको छ ।

फेरि विभाजनको बाटोतिर विवेकशील साझा : रवीन्द्र मिश्र विरुद्ध मिलनको काउन्टर !

विवेकशील साझा पार्टीमा फेरि विवाद बढेको छ । खासगरी पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच बढेको विवादले पार्टी पुनः विभाजनको संघारमा धकेलिएको छ ।  अध्यक्ष मिश्रले केही पहिले सार्वजनिक गरेको दस्तावेज पछि दुई पक्षबीच चलेको विवादका कारण बैठक समेत अलग–अलग आह्वान गरिएको छ ।अध्यक्ष मिश्रले मंगलबार आगामी भदौ १७ गते बिहीबार साढे १२ बजे केन्द्रीय समितिको बैठक बोलाएलगत्तै संयोजक पाण्डेले पनि सोही दिन ११ बजेलाई समानान्तर बैठक बोलाएका छन् ।‘अध्यक्षले सहमतिका आधारमा