नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले बुटवलमा शनिवार विशाल जनसभामार्फत शक्ति प्रदर्शन गर्यो ।
काठमाडौंमा भएको सभामा ओलीले बृहत् सभा हेर्न बुटवल आउनु भनेर आफूबाट छुट्टिएर गएका प्रचण्ड–नेपाललाई भनेका थिए ।
ओलीले भनेजस्तै बुटवलमा शनिवार आयोजित बृहत् जनसभामा हजारौं कार्यकता सहभागी भए । पार्टी विभाजनपछि गरिएको सभामा जनताको उल्लेख्य सहभागिता देखियो ।
बुटवलका हरेक सभाले राष्ट्रिय महत्त्व राख्छ । आज शनिवारको सभाले पनि त्यस्तै देखायो । शनिवारको सभाले नेकपा ओली समूहलाई देशमा आफूहरू शक्तिशाली भएको विश्लेषण...