ह्यारी केनको गोलमा टोटेनहम शनिबार पोर्टसमाउथलाई १–० ले पराजित गर्दै एफए कप फुटलबको नकआउट चरणमा प्रवेश गरेको छ । एन्टोनियो कोन्टेले टोटेनहमको टोलीमा लिग वानको टोलीविरुद्ध धेरै खेलाडी परिवर्तन गरे पनि फरवार्ड लाइनमा केन र सन ह्युङ–मिनसहितका खेलाडीलाई निरन्तरता दिएका थिए ।