ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र एसियाली विकास बैंक (एडीबी)का आवासीय प्रतिनिधि मुखतोर खामुडखानोभबीच ऊर्जा क्षेत्रमा थप सहकार्यबारे छलफल भएको छ ।
लगानी बोर्ड नेपाल र एसियाली विकास बैंक (एडीबी) को सहकार्यमा ‘सर्टिफाइड पब्लिक–प्राइभेट पार्टनरसिप प्रोफेसनल’ (सीपीथीप्री) प्रशिक्षण कार्यक्रम सोमबारदेखि काठमाडौँमा प्रारम्भ भएको छ । प्रशिक्षणमा विभिन्न मन्त्रालय तथा लगानी बोर्डको कार्यालयका अधिकारीहरू र परामर्शदाता सहभागी रहेको लगानी बोर्डको कार्यालयले जनाएको छ । उक्त प्रशिक्षण कार्यक्रममा कर्मचारी र परामर्शदातालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन हुने परियोजनाबारे विस्तृत …
काठमाडौं । नेपाली अर्थतन्त्र अप्ठ्यारो स्थितिमा पुगेको एशियाली विकास बैंक (एडीबी) ले ठहर गरेको छ । विश्वमा देखिएको उतारचढाव र राज्यले समयमै सही नीति अवलम्बन नगर्दा अर्थतन्त्र समस्याग्रस्त बन्दै गएको र भविष्य अझ चुनौतीपूर्ण रहेको एडीबीले बुधवार सार्वजनिक गरेको एशियन डेभलपमेन्ट आउटलुक–२०२२ मा उल्लेख छ ।
युक्रेन–रूस तनावबाट उत्पन्न विश्वव्यापी आर्थिक मन्दी, अवरुद्ध व्यापार प्रवाह, कच्चा तेल र अन्य वस्तुको मूल्यका कारण मुद्रास्फीतिमा चाप पर्ने (महँगी बढ्ने) एडीबीले उल्लेख गरेको छ । उसले अहिले नै चुनौतीका रूपमा देखापरेको भुक्तानी सन्तुलन र विदेशी मुद्रा सञ्चितिमा थप चाप पर्ने चेतावनी पनि दिएको छ ।
‘रुस–युक्रेन तनावका कारण विकसित अर्थतन्त्रको मन्द विस्तार, अवरुद्ध व्यापार प्रवाह र तेल तथा अन्य वस्तुको बढ्दो मूल्यले नेपालको भुक्तान सन्तुलन र विदेशी विनिमय सञ्चितिमा थप चाप पर्न सक्छ,’ नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नाउड काउचोइसले भनेका छन् ।
सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव २ प्रतिशत थियो । २०२२ मा ३ दशमलव ९ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ । सरकारले चालू आर्थिक वर्ष (आव) को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ७ प्रतिशत हुने अपेक्षा गरेको थियो ।
एडीबीले बढ्दो व्यापारघाटालाई नेपाली अर्थतन्त्रको दीर्घकालीन चुनौतीका रूपमा लिएको छ । एडीबीको रिपोर्टमा बढ्दो आयात तर न्यून निर्यातले संरचनागत समस्या ल्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ ।
नेपालको अन्तरराष्ट्रिय व्यापारघाटा चुलिँदै गएको तर त्यस्तो घाटा पूर्ति गर्ने स्रोतको विस्तार सोही अनुपातमा नहुँदा समस्या बढ्दै जाने देखिएको आउटलुकमा उल्लेख छ । एडीबीका अनुसार यो समस्या समाधानका लागि सरकारले व्यापार नीति तथा विभिन्न कानूनमार्फत लागत न्यूनीकरण तथा प्रतिस्पर्धा बढाउन खोजे पनि त्यसको प्रभाव देखिएको छैन । विभिन्न बहु तथा द्विपक्षीय पहलबाट निर्यात बढाउन खोजिए पनि परिणाम अझै नदेखिएको एडीबीको ठहर छ ।
‘नेपालको उत्पादन राम्रो भए पनि त्यसका लागि आवश्यक पूँजी, प्रविधि र शीप नहुँदा निर्यात हुन सकेको छैन । सामान्य प्रयोगशालासमेत नहुँदा नेपाली उत्पादनले विश्व बजारमा प्रवेश पाएका छैनन्,’ आउटलुकमा भनिएको छ । ठूलो लगानी र प्रविधि अभावले लाभ लिन नसकेको मात्र नभई नेपालले कतिपय धनी देशले दिएका सहुलियत पनि व्यापारमा उपयोग गर्न नसकेको एडीबीले औंल्याएको छ ।
२०७२ सालको भूकम्पपछि अमेरिकाले नेपालको कार्पेट, पश्मिनाजस्ता वस्तुलाई सहुलियत पहुँच दिने निर्णय गरेको थियो । तर, अमेरिकी बजारमा प्रवेशका लागि पूरा गर्नुपर्ने गुणस्तरको अनिवार्य मापदण्डमा पुर्याउन नसक्दा नेपाली उत्पादनले उक्त लाभ अझै लिन नसकेको आउटलुकमा भनिएको छ ।
सूचनाप्रविधि र पर्यटन क्षेत्रमा नेपालले उल्लेखनीय काम गरेर लाभ लिनसक्ने भए पनि त्यस्तो नदेखिएको एडीबीको ठहर छ । नीतिनियम निर्माण भए पनि त्यसको कार्यान्वयन र निरन्तरता नहुँदा परिणाम नआएको हो । अनुकूल वर्षाले धान उत्पादन राम्रो हुने अपेक्षा थियो । तर, कात्तिक अन्तिम र मङ्सिरको शुरूमा बैमासमी वर्षा र बाढीले बालीमा क्षति पुर्यायो । यसले धानको उत्पादन ९ प्रतिशतले घटाएको एडीबीले उल्लेख गरेको छ ।
उपभोक्ता र लगानी मागका आधारमा यो वर्ष उद्योगको वृद्धि भने ४ दशमलव १ प्रतिशत रहने अनुमान छ । थोक र खुद्रा व्यापार, यातायात र वित्तीय सेवा सामान्य अवस्थामा रहेका कारण ५ दशमलव २ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सन् २०२१ मा पर्यटनमा परेको नकारात्मक प्रभावमा समेत यस वर्षबाट सुधार हुँदै जाने अपेक्षा एडीबीको छ । महामारीविरुद्ध खोप अभियान जारी रहनु र आर्थिक गतिविधि क्रमशः सामान्य बन्दै जानुलाई एडीबीले सकारात्मक मानेको छ ।
सिन्धुपाल्चोक, पुस १५ । बाक्लो हिमपातका कारण हेलम्बु क्षेत्रमा फसेको एडीबीको विज्ञ टोलीको उद्धार गरिएको छ । सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार उक्त टोलीको आज विहान श्री एयरलाइन्सको हेलिकप्टर मार्फत सकुशल उद्धार गरिएको हो । गत असार १ गते भेमाथाङ गएको पहिरो अध्ययनका लागि त्यहाँ पुगेको बिज्ञ टोलीमा १५ जना रहेका थिए । […]
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताले जनकपुर जलमग्न हुनुमा एसियाली विकास बैंक (एडीबी) को परियोजनालाई दोष दिएका छन् । केही दिनदेखिको अविरल वर्षाका कारण जनकपुर जलमग्न भएको छ ।लोसपा नेपालका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले एडीबीको सहयोगमा एकीकृत सहरी विकास आयोजनाअन्तर्गत जनकपुरको सडक विस्तार, नाला निर्माणको काम भएको भन्दै अहिले भएको डुबान त्यसकै परिणाम भएको उल्लेख गरेका छन् ।जनकपुरमा रहेका उनले बुधबार प्रेस नोट जारी गर्दै जनकपुरमा भएको सडक विस्तार आयोजना शत प्रतिशत असफल भएको जनाएका छन् । ड
एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारले सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरेकोमा एडीबीले भने त्योभन्दा झण्डै आधा हुने प्रक्षेपण बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।यसअघि नेपालको आर्थिक वृद्धिखर ५.१ प्रतिशत प्रक्षेपण गरिएकोमा कोभिड संक्रमणको उच्च दर, पर्यटन […]
एसियाली विकास बैङ्क (एडीबी) ले चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिसम्म हुने प्रक्षेपण गरेको छ । नेपाल सरकारले भने ७ प्रतिशत वृद्धिदर लक्ष्य राखेको छ । एडीबीले बुधबार आर्थिक नेपालको आर्थिक वृद्धिदरबारे ताजा प्रक्षेपण गरेको हो । यो वर्ष नेपालको अर्थतन्त्र सरकारले लक्ष्य राखेभन्दा २.९ प्रतिशत कम वृद्धि हुने एडीबीको अनुमान छ । मुद्रास्फीति ५.१ प्रतिशतले बढ्ने पनि बैङ्कले प्रक्षेपण गरेको छ । कोरोना विरुद्धको खोप अभियानले विकासको गति बढाउन सहयोग पु–याएकाले आर्
एजेन्सी। एसियाली विकास बैंक(एडीबी)ले कोरोनाका कारण भारतको अर्थतन्त्र जोखिममा पर्नसक्ने चेतावनी दिएको छ। एडीबीले भारतको अर्थतन्त्र ११ प्रतिशतले बढे पनि बढ्दो कोरोना संक्रमणका कारण आर्थिक सुधारमा जोखिम हुन सक्ने बताएको हो। कोरोनाले भारतजस्तो विशाल देशको समविकासको गतिमा गम्भीर असर पर्न सक्ने एडीबीले बुधबार जारी गरेको एसियाली विकास परिदृश्यमा उल्लेख छ। भारतको जीडीपी ७ प्रतिशतसम्म रहन सक्ने पनि परिदृश्यमा उल्लेख छ।
काठमाडौं। एसियाली विकास बैंक(एडीबी)ले नेपालको कूल गार्हस्थ्य उत्पादन(जीडीपी) ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ। यो गतवर्षको तुलनामा १.९ प्रतिशतले संकुचन भएको हो। बैंकद्वारा आज जारी 'एसियाली विकास परिदृश्य'अनुसार, कोरोनाका कारण पूर्वअनुमानित आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ। कृषि उत्पादकत्व २.४ प्रतिशत, औद्योगिक क्षेत्रको वृद्धि २.५ प्रतिशत र सेवाक्षेत्रको बढोत्तरी ३.४ प्रतिशतले हुने अनुमान पनि बैंकले गरेको छ।