नेकपा एमालेका शक्तिशाली महासचिव शङ्कर पोखरेलको गृह जिल्ला हो दाङ । २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भए लगत्तै झण्डै तीन वर्ष मुख्यमन्त्री समेत भएका थिए नेता पोखरेल । उनले लुम्बिनीको राजधानी बुटवलबाट दाङ ल्याउने हर प्रयत्न समेत गरे । उनै पोखरेल मङ्सिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ मात्रै पराजित भएनन् सिङ्गो दाङमा नै एमाले सांसदले चुनाव जित्न सकेनन् । प्रतिनिधि सभा सदस्यका लागि दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट पोखरेल उम्मेदवार बनेका थिए । तर, उम्मेदवारी
यहाँ जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित भएको छ । नौ सदस्यीय जिल्ला समन्वय समितिमा नौ जनाको मात्र उम्मेदवारी परेको थियो । आज दाबी/विरोध, उजुरी पनि शून्य भएपछि यस जिल्लामा समन्वय समिति निर्विरोध भएको हो । जिल्ला समन्वय समितिको प्रमुखमा मेघबहादुर श्रेष्ठ र उपप्रमुखमा मोहनबहादुर केसी निर्विरोध भएका छन् । श्रेष्ठ नेकपा (माओवादी केन्द्र)बाट हुन् भने केसी नेकपा (एकीकृत समाजवादी) बाट रहेका । प्रमुखसहित अन्य सात सदस्य सबै माओवादी केन्द्रबाट रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको
स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगर प्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगर प्रमुखमा उम्मेदवारी दिएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ । यस्तै ११ नगरप्रमुख–अध्यक्षका आकाङ्क्षीले एकदेखि नौ मतमात्र पाएका छन् । कमल गाउँपालिकामा स्वतन्त्र तर्फका अध्यक्षका उम्मेदवार भीमकुमार राईले एक मतमात्र पाएका छन् ।त्यस्तै शिवसताक्षी योगमणि अधिकारी (स्वतन्त्र) ले चार मत, गौरादह राधिका धमला (स्वतन्त्र) ले सात मत, बिर्त
विश्वबाट कोरोना संक्रमण र प्यान्डेमिक क्रमशः हराउँदै जाने क्रम जारी छ र सोही अवस्था नेपालमा पनि देखिँदै आएको छ। पछिल्लो समय नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमण शून्य समान भइसकेको छ भने थोरै जिल्लामा मात्रै फाट्टफुट्ट नयाँ कोरोना संक्रमण देखिएको छ। एक साताको नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्ने हो भने न्यून भए पनि कोरोना संक्रमण […]
नेपालमा चारवटा जिल्लामा शून्य कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शून्य संक्रमितभएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन्।
जिल्ला अदालत काठमाडौंले सेवा संकुचनको समयलाई ‘शून्य अवधि’ मान्ने निर्णय गरेको छ। अदालतले कोरोना संक्रमणका कारण कतिपय सेवा कटौति गर्नुपरेकाले यस अवधिमा हदम्याद, म्याद र तारेखसमेत नगुज्रने निर्णय गरेको...
२९ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार चार जिल्लामा हाल कोरोनाको शून्य संक्रमण रहेको छ । पछिल्लो २४ घण्टामा मनाङ, डोल्पा, हुम्ला र बाजुरा जिल्लामा संक्रमण संंख्या शून्यमा झरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला भने दुई वटा मात्र छन् । काठमाडौं र ललितपुरमा ५ सयभन्दा बढी […]
बैतडी : बैतडीमा कोरोनाका संक्रमित घट्दै गएका छन्।कुनै वेला १ हजार नजिक पुगेका सक्रिय संक्रमित हाल १७ जना मात्रै रहेका छन्।जिल्लाको शिवनाथ, दोगडाकेदार, डिलाशैनी गाउँपालिका, मेलौली र पुर्चौडी नगरपालिकामा सक्रिय संक्रमित शून्य रहेका छन् भने अन्य स्थानीय तहमा न्यून रहेका छन्। दशरथचन्द नगरपालिकामा ७, पाटन नगरपालिकामा ३, सुर्नया गाउँपालिकामा २, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा १/१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। तीनजना भने जिल्ला बाहिरका छन्।बिनालक्षणका संक
सुर्खेत । कर्णालीका तीन जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ । कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना संक्रमितको सख्या शून्यमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सबै संक्रमित निको भई डिस्चार्ज भएसँगै ती जिल्ला कोरोनामुक्त भएका हुन् । यसअघि रुकुमपश्चिममा २५५, कालीकोटमा ३२८ र मुगुमा ४१ जनामा संक्रमण पुष्टि भएको थियो । विभिन्न आइसोलेसनमा उपचाररत संक्रमित हाल निको भई घर फर्किसकेका छन् ।
सामाजिक विकास मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार सुर्खेतमा ९७, दैलेखमा दुई, जाजरकोटमा १४, सल्यानमा ३१, जुम्लामा छ, हुम्लामा ११ र डोल्पामा नौ जनागरी १७० कोरोना संक्रमणका सक्रिय बिरामी छन् ।
मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात हजार ३५७ पुगेको जानकारी दिए ।
आरडीटी र पीसीआर विधिबाट ९६ हजार १०२ जनाको गरिएको परीक्षणमध्येबाट सात हजार ३५७ जनामा संक्रमण पहिचान भएको हो ।
कर्णालीका प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल दैलेख र चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमका प्रयोगशालाबाट पिसिआर परीक्षण हुँदै आएको छ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतका १५ जना छन् । त्यस्तै दैलेखका ६, डोल्पा, कालीकोट, रुकुमपश्चिमका एकरएक तथा सुर्खेतमा उपचारका क्रममा बाँकेका दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । रासस