अधिकांश जिल्ला अब संक्रमण शून्य

विश्वबाट कोरोना संक्रमण र प्यान्डेमिक क्रमशः हराउँदै जाने क्रम जारी छ र सोही अवस्था नेपालमा पनि देखिँदै आएको छ। पछिल्लो समय नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमण शून्य समान भइसकेको छ भने थोरै जिल्लामा मात्रै फाट्टफुट्ट नयाँ कोरोना संक्रमण देखिएको छ। एक साताको नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्ने हो भने न्यून भए पनि कोरोना संक्रमण […]

सम्बन्धित सामग्री

१३ जिल्लामा शून्य कोभिड संक्रमण

देशका १३ जिल्ला कोरोना भाइरस संक्र्रमणमुक्त भएका छन् । ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, स्याङ्जा, अर्घाखाची, हुम्ला, डोल्पा, कालीकोट पश्चिम रुकुम र दार्चुला संक्रमणमुक्त भएका छन् ।पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी संक्रमित भएको जिल्ला ललितपुर रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको नियमित बुलेटिनका अनुसार […]

तेह्र जिल्लामा कोरोना संक्रमण शून्य

देशका तेह्र जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, स्याङ्जा, अर्घाखाची, हुम्ला, डोल्पा, कालीकोट पश्चिम रुकुम र दार्चुला सङ्क्रमणमुक्त भएका छन् ।पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौं र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार पाँच सय १२ परीक्षणमध्ये ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर एक सय ६० कोरोना भाइर

पछिल्लो साता शून्य रहेको कोरोना संक्रमण फेरि बढ्न थालेपछि सतर्कता अपनाउन आग्रह

हाल कोभिड-१९ को संक्रमण दर बढिरहेकाले मास्क लगाएर मात्र हिँड्न, बिना काममा भीडभाडमा नजान, संक्रमणको शङ्का भएमा संक्रमण परीक्षण तुरुन्त गर्न साथै बुस्टर डोज बाँकी रहेका सबैलाई नजिकैको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन जिल्ला प्रशासन कार्यालय धनुषाका ...

१४ जनामा कोरोना संक्रमण पुष्टि,  ‘नेपालमा संक्रमण दर १७.३ % मात्र’

वैशाख २४, काठमाडौं । नेपालमा विगत २४ घण्टाको अवधिमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको बुलेटिनअनुसार उक्त अवधिमा २ हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।           मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या २०५ जना रहेको छ।  यसैगरी उक्त अवधिमा २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख ६६ हजार ७६८ पुगेको छ । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले बताएको छ ।             मन्त्रालयका अनुसार उक्त अवधिमा संक्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएको जिल्ला ३० ओटा पुगेका छन् । नेपालमा संक्रमण दर १७ दशमलव ३ प्रतिशत छ । नेपालमा प्रति १० लाखमा ३९३ दशमलव ४ जनाको निधन भएको छ ।             हाल होम आईसोलेशनमा २०२ जना र संस्थागत आईसोलेशनमा  तीन जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा ६९ हजार ६५६ जनाले खोप लगाएका छन् ।

काभ्रेपलाञ्चोकमा कोरोना संक्रमण शून्य

जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको थियो । चार दिनदेखि दैनिक दुई दर्जन हाराहारीमा कोरोनासँग मिल्दोजुल्दो क्षण देखिएकाको परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण नदेखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीएमसी)का सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पुरुषोत्तमराज सेढाईँले जानकारी दिए

कोरोनाविरुद्धको खोप नलगाएकालाई मनाङमा नो इन्ट्री

लमजुङ – हिमाली जिल्ला मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्रतिबन्ध गरिएको छ। जिल्ला कोभिड- १९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्बन्धित स्थानीय तहमार्फत मनाङ प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो। शनिबारसम्म शून्य संक्रमित रहेको मनाङमा आइतबार मनाङ ङिस्याङ गाउँपालिकाको २४ वर्षीय पुरुषमा […]

चार जिल्लामा कोरोनाको शून्य संक्रमण

२९ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार चार जिल्लामा हाल कोरोनाको शून्य संक्रमण रहेको छ । पछिल्लो २४ घण्टामा मनाङ, डोल्पा, हुम्ला र बाजुरा जिल्लामा संक्रमण संंख्या शून्यमा झरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला भने दुई वटा मात्र छन् । काठमाडौं र ललितपुरमा ५ सयभन्दा बढी […]

काठमाडौं र ललितपुर जिल्लामा नै ५ सयभन्दा बढी संक्रमित,

काठमाडौं : काठमाडौं र ललितपुर जिल्ला कोरोनाको रेड जोनमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल ललितपुर र काठमाडौं जिल्लामा मात्रै ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।हाल काठमाडौंमा ६ सय ९० जना र ललितपुरमा ५ सय ५८ जना सक्रिय संक्रमित छन्। यस्तै चार वटा जिल्लामा कोरोना संक्रमित शून्य छन्।मनाङ, हुम्ला, जाजरकोट र मुगु जिल्लामा संक्रमण शून्य रहेको मन्त्रालयको विवरणमा उल्लेख गरेको छ।

कर्णालीका तीन जिल्ला कोरोना संक्रमित शून्य

सुर्खेत । कर्णालीका तीन जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ । कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना संक्रमितको सख्या शून्यमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सबै संक्रमित निको भई डिस्चार्ज भएसँगै ती जिल्ला कोरोनामुक्त भएका हुन् । यसअघि रुकुमपश्चिममा २५५, कालीकोटमा ३२८ र मुगुमा ४१ जनामा संक्रमण पुष्टि भएको थियो । विभिन्न आइसोलेसनमा उपचाररत संक्रमित हाल निको भई घर फर्किसकेका छन् । सामाजिक विकास मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार सुर्खेतमा ९७, दैलेखमा दुई, जाजरकोटमा १४, सल्यानमा ३१, जुम्लामा छ, हुम्लामा ११ र डोल्पामा नौ जनागरी १७० कोरोना संक्रमणका सक्रिय बिरामी छन् । मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात हजार ३५७ पुगेको जानकारी दिए । आरडीटी र पीसीआर विधिबाट ९६ हजार १०२ जनाको गरिएको परीक्षणमध्येबाट सात हजार ३५७ जनामा संक्रमण पहिचान भएको हो । कर्णालीका प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल दैलेख र चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमका प्रयोगशालाबाट पिसिआर परीक्षण हुँदै आएको छ । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतका १५ जना छन् । त्यस्तै दैलेखका ६, डोल्पा, कालीकोट, रुकुमपश्चिमका एकरएक तथा सुर्खेतमा उपचारका क्रममा बाँकेका दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । रासस