बैतडी : बैतडीमा कोरोनाका संक्रमित घट्दै गएका छन्।कुनै वेला १ हजार नजिक पुगेका सक्रिय संक्रमित हाल १७ जना मात्रै रहेका छन्।जिल्लाको शिवनाथ, दोगडाकेदार, डिलाशैनी गाउँपालिका, मेलौली र पुर्चौडी नगरपालिकामा सक्रिय संक्रमित शून्य रहेका छन् भने अन्य स्थानीय तहमा न्यून रहेका छन्। दशरथचन्द नगरपालिकामा ७, पाटन नगरपालिकामा ३, सुर्नया गाउँपालिकामा २, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा १/१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। तीनजना भने जिल्ला बाहिरका छन्।बिनालक्षणका संक