काठमाडौँ- सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको नियमित बैठकले नागरिकता विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले देशसञ्चारसँग बताए। गृहमन्त्री बालकृष्ण खाँणले संसदमा पारितको चरणमा पुगेको नागरिकता विधेयक शुक्रबार फिर्ता लिएका थिए।