काठमाडौं : सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। दलहरुबीच सहमति हुन नसकेपछि सरकार विधेयक फिर्ता लिने अवस्थामा पुगेको हो। २०७५ सालमै सरकारले ल्याएको यो विधेयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ ।विधेयकमा रहेको नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर