काठमाडौं : सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।
‘विधेयक फिर्ता लिने निर्णय भएको हो,’ उनले भने।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो।…